Kanakai Online

बारामा सर्वदलीय बैठक सकियो, मतगणना सुरु गर्ने तयारी


सोमवार, वैशाख ११, २०८० |

११ वैशाख, काठमाडौं । बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना केहीबेरमा सुरु हुँदै छ । सर्बदलीय बैठक सकिएको छ र बैठकले गणना सुरु गर्ने निर्णय गरेको छ । मत गणना शैक्षिक तालिम केन्द्रमा हुनेछ ।

बारा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल, जनमत पार्टीका शिवचन्द्र कुशवाहा, रास्वपाका रमेश खरेल उम्मेदवार छन् ।

चितवन-२ मा भने सर्बदलीय बैठक बस्न नसक्दा मत गणना अनिश्चित भएको छ ।

सम्बन्धित खबर