जनक न्यौपाने , राेङ बैशाख ७
स्वास्थ्यकाे पहुचमा पुग्न नसकेका गाउ गाउका नागरिकहरुकाे लागि राेङ गाउपालि राेगिकाे खाेजिमा निरन्तर लागेकाे छ । राेङ गाउपालिका स्वास्थ्य शाखाकाे प्रयासमा गाउपालिकाका महिलाहरुकाे पाठेघर र स्तन क्यान्सरकाे परिक्षण V .I.A जाच गरि राेगकाे पहिचान,परामर्ष र उपचारकाे कार्यमा निरन्तर लागिरहेकाे प्रमुख प्रशाशकिय अधिकृत दिपेन्द्र दहालले बताए ।
गाउपालिका स्वास्थ्य शाखाकाे बार्षिक कार्ययाेजना अनुसार चालु बर्षमा गाउपालिका भित्र बिभिन्न ९ स्थानमा परिक्षण गरिने याेजनाअनुसार हालसम्म राेङ १ र२ मा सयुक्त शिविर सचालन गरि ३ सय ५० ,राेङ ५ मा ८७ ,राेङ ३ काे काेल्वुङमा ८८ र अाज राेङ ६ काे रम्भ्याङमा १ सय १० जनागरि कुल ६ सय ३५ जना महिलाहरुकाे परिक्षण गरिसकिएकाे छ भने अव जिर्मले,सलकपुर बरफल्याङ ,भालुझाेडा र धनशारमा शिबिर सचालन गरिने याेजना रहेकाे स्वास्थ्य शाखा प्रमुख युवराज काफ्लेले बताए ।
शिविरमा डाक्टर रामकृष्ण अाचार्य ,बिकाश गजमेर,ममता दियालि,सबिना अर्याल लगायतकाे स्वास्थ्यकर्मीहरुकाे टिमले सेवा दिएका थिए ।शिबिरमा पहिचान भएका राेगिहरुलाई लगातार फलाेअप राेगकाे चरणहेरि परामर्ष र उपचारकाे लागि सुबिधा सम्पन्न अस्पताल सम्म रेफरकाे ब्यवस्ता गरिने शाखा प्रमुख काफ्लेले बताए ।यसरी गाउमै अाएर स्वास्थ्य सेवा दिने गरेकाे र अाफुहरुले सहज सेवा पाएकाेमा खुसि लागेकाे स्थानिय खगा प्रधानले बताए ।