Kanakai Online

किस्ता रकम नतिरेको भन्दै एनआइसी एसिया बैँकले कलाकार विक्रम श्रीको घरमा राख्यो सुरक्षागार्ड


बुधवार, चैत २२, २०७९ |

कनकाई अनलाईन
दमकपछि किस्ता रकम नतिरेको भन्दै एनआइसी एसिया बैँकले इटहरीका चर्चित कलाकार विक्रम श्रीको घरमा समेत सुरक्षागार्ड राखिदिएको छ ।


विक्रम श्रीले दमकमा दुर्गा कडेँलको घरमा एनआइसी एसिया बैँकले किस्ता नतिरेको भन्दै सुरक्षा गार्ड राखेको भनेर कनकाई अनलाईनमा समाचार प्रकाशन गरेपछि कलाकार विक्रम श्रीले समेत आफ्नो घरमा समेत बैँकले किस्ता नर्तिदा सरक्षा गार्डले नियमित पहरा दिन थालेको सामाजिक संजालमार्फत सार्वजनिक गर्नुभएको हो । विक्रम श्री आफ्नो फेसबुक स्टाटर्समा लेख्नुहुन्छ


मेरो घर अगाडि उभिएको ड्युटी जवान ूनेपाल प्रहरीू नभएर एनआइसी एसिया बैंकको सेक्युरिटी गार्ड रहेको जानकारी गराउदछु। केही व्यक्तिहरुले ूविक्रमश्रि लाई घरमै ताला लगाएर नजरबन्द गरि प्रहरीले ड्युटी गरिरहेकोू भन्ने भ्रामक खवर बजारमा फैलाएको थाहाभयो, फैलाउने र बैंक लाई उक्साउने ब्यक्तिको पहिचान भइसकेको पनि जानकारी गराउदछु। समयमा किस्ता बुझाउन नसक्दा कठोर नियमवाला बैंकले आफ्नो काम गरेको हो, यसमा मेरो गुनासो छैन गार्डको राम्रो हेर देख गरिदिएको छौं। समयमा किस्ता बुझाउन प्रयासरत छु।
समयमा किस्ता बुझाउन खोज्दा खोज्दै पनि काम गरेको पैसा समयमा नउठ्नु , भ्रष्ट कर्मचारी र दलाल ठेकेदारहरुका कारण काम लिन र सम्पन्न गर्न सहजता नहुनु र देशमै आएको आर्थिक मन्दीजस्ता कारणले गर्दा हामी जस्ता स्वावलम्वी सिर्जनशील सर्जकहरुले सजिलो गरि बैंकलाई किस्ता बुझाउन सकि रहेका छैनौं। एकै दिन एकै पटक ल्क्ष्ऋ मेरो बैंकले सात दिने, ३५ दिने र घर लिलामगर्ने पत्रीकामा छाप्ने तैयारीको सूचना को पत्र सहित घर अगाडि गार्ड राख्दा अनेकौं प्रश्न उब्जिएका छन। मलाई कालो सुची गर्नु सुझाव दिने आफन्त र कर्मचारीको बारेमा पनि ध्यानाकर्षण भएकोछ।
ल्क्ष्ऋ को ताकेताबारे ऋणिहरुलाइ अवगतनैछ।धेरै जना कर्मचारीबाट एकै दिन धेरै कल आउनु, घर या कार्यक्षेत्रमा नै भेट गरि ताकेता गर्नु , भेट भएको रिपोर्ट भनी तस्वीर खिचेर लानु, प्रतिष्ठाको ख्याल नगरिनु, सहानुभूति भन्दा हतोत्साहित बनाउने वातावरण रचना गरिनु, ऋणीको वाध्यता र परिस्थिति प्रत्यक्ष देखेर अनुभव गरेर पनि बारम्बार यस्तो दोहोरिनु ले सबैलाई दुखित बनाएको छ, यसमा बैंकले आफ्नो स्लोगन ू बैंक पनि साथी पनिू सम्झनु पर्दछ।
यस्तो विषम परिस्थितिमा ब्याज मात्र लिइ दिएर सहयोगगरे ऋणदाता प्रति धेरै सद्भाव बढ्ने थियो।

सम्बन्धित खबर