Kanakai Online

हाफ म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई


मङ्गलवार, चैत २१, २०७९ |

कनकाई अनलाईन
झापाको बिर्तामोडमा आयोजित हाफ म्याराथनको उपाधि नेपाल आर्मीका सञ्जय श्रेष्ठ र सशस्त्र प्रहरीकी पुष्पा भण्डारीले जितेका छन् ।

चारपाने झापामा मंगलबार भएको हाफ म्याराथनमा नेपाल आर्मीका श्रेष्ठले निर्धारित दूरी १ घन्टा ६ मिनेट २२ सेकेन्डमा पूरा गर्दै पुरुषतर्फ च्याम्पियन बन्नुभएको हो ।

त्यस्तै, सशस्त्र प्रहरी बल नेपालकी भण्डारीले १ घण्टा २१ मिनेट १७ सेकेन्डमा निर्धारित दूरी पार गर्दै महिलातर्फ च्याम्पियन बन्नुभयो ।

उपाधिसँगै श्रेष्ठ र भण्डारीले समान ५१ हजार नगद, मेडल र प्रमाणपत्र पाउनुभयो ।

त्यस्तै, पुरुषतर्फ केन्याली धावक सिमिओन किप्लागातोेले १ घन्टा ७ मिनेट १७ सेकेन्डको समय निकाल्दै दोस्रो स्थान हाँसिल गर्नुभयो ।

आर्मीका मोहनदेव जोशीले १ घन्टा ७ मिनेट २२ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो स्थान हाँसिल गर्नुभयो ।

दोस्रो भएका सिमिओनले ३१ हजार पाउनुभयो । तेस्रो हुनुभएका जोशीले २१ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो ।

महिलातर्फ नेपाल प्रहरीकी रेखा बिष्टले निर्धारित दूरी १ घण्टा २४ मिनेट ३४ सेकेन्डमा पूरा गर्दै दोस्रो र नेपाल प्रहरीकै सुमित्रा चौधरीले निर्धारित दूरी १ घण्टा २९ मिनेट ३० सिकेन्डमा पूरा गर्दै तेस्रो स्थान हाँसिल गर्नुभयो ।

सम्बन्धित खबर