Kanakai Online

हुण्डरी र असिनाले फार्मको घाँस नष्ट्र हुदा गाई बिक्री गर्दै बिन्दावासीनी कृृर्षि फार्म


सोमवार, चैत २०, २०७९ |

कनकाई अनलाईन
गत शुक्रवार आएको अविरल पानी र असिनाले अत्याधुनिक निमार्णाधिन गाई गोठ लडाउनको साथै कृर्षि फार्मले गाईका लागि लगाएको २० बिगाह क्षेत्रफलको मकैखेती पुर्णतय नष्ट्र गरिदिएपछि घाँस अभावमा यहाँस्थित बिन्दावासीनी कृर्षि फार्म कनकाई ४ त्रिवेणी टोलमा पालिएका गाइहरु विक्री गर्न थालिएको छ ।


फार्मका संचालक खगेन्द्र घिमिरेले गत शुक्रबार आएको हावाहुरी र असिनापानीले विन्दावासीनी कृषि फार्मको घाँस र घाँसका लागि तयारी अवस्थामा रहेको २० बिगाह क्षेत्रमा रहेको मकै खेतीमा क्षति पुर्याएको छ । मकै खेती र साइलेसका लागि तयारीमा रहेको सबै घाँसहरु नष्ट्र हुदा २० औ लाखको क्षति पुगेको छ । हावाहुरीले गाईगोठ समेत भत्काउदा लाखौको क्षति पुगेको अधिकारीले बताउँनुभयो । गाई गोठ पनि भत्कायो र गाईका लागि खानाका लागि तयारी अवस्थामा रहेको र ससाना घाँसका लागि लगाइएको मकै खेती समेत सबै नष्ट्र हुदा अव हामीले गाई बिक्रीको बिकल्प रहेन अधिकारीले भन्नुभयो । अधिकारीद्धारा संचालित गाई फार्ममा विभिन्न उन्नत जातका १०० गाई तथा वाच्छीहरु रहेका छन । ठुलो परिणामको क्षतिका कारण गाई फार्म संचालनमै कठिनाई भएको अधिकारीले बताउँनुभयो । अधिकारीले आफुलाई सम्बन्धित निकायबाट क्षतिपुर्तिको आश्वसान पाएपनि सहयोग भने नमिलेको अधिकारीले बताउँनुभयो । अधिकारीले गाई फार्मबाट दैनिक १५ सय लिटर दुध विक्री गर्दै आउनुभएको थियो । घाँसको अभावमा अव आफुले गाई विक्री गर्नको विकल्प नरहेको अधिकारीको भनाई छ ।

सम्बन्धित खबर