Kanakai Online

बिदाई हुने प्रहरी इन्चार्ज जिम्बालाई कनकाई नगरवाशीको भव्य विदाई


बिहिवार, चैत १६, २०७९ |

कनकाई अनलाईन
२० महिना पहिले इलाका प्रहरी कार्यालय सुरुङ्गाको प्रहरी इन्चार्ज भएर आउनुभएका मानबहादुर जिम्बा सरुवा भएर इलाका प्रहरी कार्यालय गौरीगंञ्ज जानुभएको छ ।


यसैविच सरुवा भएर गौरीगञ्ज जानुभएका प्रहरी इन्चार्ज वरिष्ठ प्रहरी नायक निरिक्षक मानबहादुर जिम्बालाई सुरुङ्गावासीका तर्फबाट भव्य विदाई गरिएको छ । कनकाई उद्योग बाणिज्य संघको समन्वयमा भएको विदाई कार्यक्रममा यस क्षेत्रका विभिन्न संघ संस्थाहरुले जिम्बालाई विदाई गरेका थिए । उवासंघका कोशी प्रदेश उपाध्यक्ष कुमारमणि पोखरेलको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा यस क्षेत्रका होटल व्यावसायी, संघ पत्रकार, सुनचादी व्यावसायी संघ, सामुदायिक वनहरु लगायातले जिम्बालाई विदाई गरेका हुन । विदाई कार्यक्रममा बोल्दै उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका उपाध्यक्ष कुमारमणि पोखरेलले जिम्बाको नेतृत्वमा यस कनकई नगरवाशीहरुले सुरक्षित महसुश गरेको भन्दै आगामि कार्यकाल समेत सुखद वितोस भनेर शुभकामना दिनुभएको थियो । साथै पोखरेलले सुरुङ्गा क्षेत्रमा चाडै अत्याधुनिक इलाका प्रहरी कार्यालय बनाउनका लागि पहल सुरु गर्नका लागि सबै नगरवाशी तयार हुनुपर्नेमा समेत जोड दिनुभयो ।


जामुनवारी सामुदायिक वन समुहका अध्यक्ष ख्याम सिटौलाले स्वागत गरेको कार्यक्रममा कनकाई ३ नम्बर वार्ड अध्यक्ष युवराज चम्लगाई, कनकाई सामुदायिक वन समुहका अध्यक्ष ख्याम ओली, महिला नेतृ कविता बस्नेत, नेपाल पत्रकार महासंघका कोशी प्रदेश सदस्य लीलाराज झापाली लगायातले प्रहरी इन्चार्जका रुपमा सफल कार्यकाल बिताएको भन्दै प्रहरी प्रमुख जिम्बाको आगामी यात्रा सफल बनोस भन्दै विदाई मन्तव्य दिनुभएको थियो ।
कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यालय गौरीगञ्ज जानुभएका मानबहादुर जिम्बाले समेत सुरुङ्गा बसाईका क्रममा आफुले धेरैकुरा सिकेर गएको भन्दै साथ र सहयोगका लागि कनकाई नगरवाशीलाई धन्यावाद दिएका थिए ।
कनकाई उद्योग बाणिज्य संघका अध्यक्ष तुलसी बिमलीको सभापतित्व तथा महासचिव सरोज सिटौलाको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित खबर