Kanakai Online

हल्दिबारी वडा नं ४ मा बृहत आँखा शिविर,५०१ जनाले गरे आँखा जाँच:


शनिवार, चैत ११, २०७९ |

झापा।हल्दिबारी गाउँपालिका वडा नं ४ मा आज बृहत आँखा शिविर सम्पन्न भएको छ।
वडा नं ४ को आयोजना तथा मेची नेत्रालय काकडभिट्टा को प्राविधीक सहयोगमा संचालित आँखा शिविरमा हेल्पिङ हेण्डस एजुकेशन ले रिडिङ ग्लास सहयोग गरेको थियो भने सिर्जनशिल युवाकल्बले स्वयंमसेवकको रूपमा सहयोग गरेको थियो।आजको शिविरमा ५०१ जनाले आँखा जाँच को सेवा लिएका छन् भने ३७८ जनालाई चस्मा वितरण गरिएको थियो भने मोतिबिन्दु को शल्यक्रिया गर्नुपर्ने २६ जना भएकोमा आज १२ जनालाई मेची नेत्रालय पठाइएको छ भने बाँकीलाई आइतबार पठाउने व्यवस्था गरिएको वडाध्यक्ष सन्तकुमार थापा ले जानकारी दिएका छन्।

यसैगरी बिरामीलाई निःशुल्क औषधि पनि वितरण गरिएको थियो।
हल्दिबारी गाउँपालिका वडा नं ४ का वडाध्यक्ष सन्तकुमार थापा, गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन,वडा नं ३ का वडाध्यक्ष विष्णु ओली, सवै वडा सदस्यहरू को उपस्थितिमा औपचारिक कार्यक्रम गरि सुरु भएको शिविरमा ८५ वर्षिय वृद्ध भगिरथ न्यौपाने को को आँखा चेकजाँच गरेर शिविरको शुभारम्भ गरिएको थियो।शिविरमा बच्चा देखि वृद सम्मले सेवा लिएका छन्।

आँखाका सामान्य देखि जटिल समस्या भएका स्थानीयलाई सरल तरिकाले आँखा चेकजाँच गर्न यो शिविरको आयोजना गरिएको पनि वडाध्यक्ष थापाले बताए।यस्तै गाउँपालिका अध्यक्ष लिङदेनले आँखा विना संसार अध्यारो हुने भन्दै समय समयमा आँखा जाँच गर्नुपर्ने र त्यसलाई सहज बनाउन आफ्नै ठाउँमा शिविरको आयोजना गरेकोमा वडा कार्यालय लाई धन्यवाद दिएका थिए।