कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका सुरुङ्गामा सेवा केन्द्र रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुका लागि एक दिने सदस्य शिक्षा तथा अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
सोही अवशरमा संस्थाले कनकाई माविका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री समेत प्रदान गरेको थियो । संस्थाका अध्यक्ष वुद्धिसागर बराल बिमलको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका व्यावस्थापक कमलकुमार घिमिरेले संस्थाका भावी लक्ष्य तथा वर्तमान अवस्थाका वारेमा प्रकाश पार्दै सदस्यहरुलाई संस्थाको गतिविधिका वारेमा प्रकाश पार्नुभएको थियो ।
सो अवशरमा घिमिरेले स्वर्णलक्ष्मी साकोसले वचत तथा ऋणका क्षेत्रमा मात्रै काम नगरेर वर्यावरणीय क्षेत्र, चेलिबेटी बेचविखन, महिला हिंसा लगायातका सामाजिक उत्तरदायित्व वहन गर्ने कुरामा समेत कामहरु गर्दै आइरहेको बताउँनुभयो । घिमिरेल संस्थालाई कम्तीमा झापाकै उत्कृष्ट सहकारी संस्था बनाउनका लागि सबै आधारभुत मापदण्डहरु पुरा गरिरहेको जानकारी दिनुभयो । सोही अवशरमा सदस्यहरुका लागि सहकारी अभियान र सदस्यहरुको आर्थिक रुपान्तरणका लागि समेत तालिममा जानकारी गराइएको थियो ।
कार्यक्रममा कनकाई नगरपालिका ३ का वडाअध्यक्ष युवराज चम्लगाईले नगरमा संचालनमा रहेका सहकारीबाट सहकारीका न्युनत्तम मुल्य मान्यतालाई पुरा नगर्दा समस्या भएको बताउँनुभयो । चम्लागाई कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएको थियो ।
कार्यक्रममा कनकाई उद्योग वाणिज्य संघका कोषाध्यक्ष राजकुमार शाह, पृथ्वी साकोसका सचिव शिव कडेँल लगायातले मन्तव्य राख्नुभएको थियो । सोही अवशरमा संस्थामा उत्कृष्ट कारोबार गर्ने हेमकला गोयल, मुना सिटौला अधिकारी, शान्तादेवि अधिकारी र कमलप्रसाद थपलियालाई सम्मान समेत गरिएको थियो । सेवा केन्द्र सदस्य भरतकुमार ढकालले स्वागत गर्नुभएको कार्यक्रममा कनकाई माविका विद्यार्थीहरुलाई ब्याग समेत वितरण गरिएको थियो ।