Kanakai Online

बिनाको उपचारका लागि रमेशचन्द्रबाबु मैनालीको सहयोग


शनिवार, चैत ११, २०७९ |

कनकाई अनलाईन
गत फागुन २४ गते आफ्नै श्रीमानको छुरा प्रहारबाट सख्त घाईते भई मृत्यु शैयामा छटपटाईरहनुभएकी झापा कनकाई नगरपालिका ३ कालिस्थानकी ३८
बर्षिय विना लिम्बुलाई उपचारका लागि समाजसेवी रमेशचन्द्रबाबु मैनालीले आर्थिक सहयोग गर्नुभएको छ ।
युवा समाजसेवी मैनालीले घाईते बनेर थलिएकी बिनालाई घरमै पुगि नगद ५ हजार १ सय रुपैँया प्रदान गर्नुभएको हो । मैनालीले यसअघि समेत समाजमा विरामी परेका अन्यलाई आर्थिक सहयोग गर्दै आउनुभएको छ । मैनालीले विनाको अवस्था आर्थिक अवस्था अत्यन्त कमजोर भएकोले सहयोगी मनहरुले आर्थिक सहयोग गरिदिन अनुरोध गर्नुभएको छ ।


कनकाई अनलाईन तथा विभिन्न संञ्चारमाध्यमबाट खर्च अभावमा उपचार नभएर मृत्यु कुर्दै गरेको समाचार प्रकाशन भएसगै यस क्षेत्रका अन्य सामाजिक अगुवाहरुले समेत सहयोगको लागि चासो राख्न थाल्नुभएको छ । श्रीमानले हतियार प्रहारबाट सख्त घाईते विना हाल उपचार खर्च अभावमा मृत्युसग पैठेजोरी खेल्दै आउनुभएको छ । गर्नुभएको छ । विना लाई सहयोग गर्न चाहनेहरुले मेघनाथ पाठकको नाममा रहेको मेघनाथ पाठक सनराईज बैँक लिमिटेड सुरुङ्गाको ०३८१०१०६१७२०१६ वा फोन नम्बर ९८०६००८८९८ मा सम्पर्क गर्न समेत अनुरोध गर्नुभएको छ । सहयोग रकम दाताहरुले विना रहेको भाडाको घर कनकाई ३ को कालिस्थानमै पुगेर हस्तानतरण गर्न सकिने छ ।गत भदौमा मात्रै कनकाई नगरपालिका ३ भीमसेनस्थानमा डेरा गरि बस्ने पदमबहादुर कुमालसग प्रेम बिवाह गर्नुभएकी विनाले विवाह गर्दा श्रीमानसग जीवन सगै जिउने कल्पना गरेकी थिइन । विवाहको खुसी भने विनाको जीवनमा लामो समय टिकेन विवाह गरेको केहि महिनाभित्रै श्रीमानले मादक पदार्थ खाएर दैनिक झगडा गर्ने र कुटपिट गर्ने गरेको स्थानीय मेघराज पाठकले कनकाई अनलाईनलाई जानकारी दिनुभयो ।


बेलाखखतमा झगडा हुदा गाउँले र विनाका दाजु सोमबहादुर लिम्बुले आएर सम्झाई बुझाई गरेर मिलाएर राख्दै आएकोमा पछिल्लो पटक गत फागुन २४ गते बुधवारका दिन भने दिउसो श्रीमती विना लिम्बुको पेटमा छुरा प्रहार र टाउकोमा समेत फलामको घनले हानेर सख्त घाईते बन्नुभएको छ ।
मादक पदार्थ सेवन गरेर आएका श्रीमानको प्रहारबाट घाईते बनेपछि प्रहरीले श्रीमानलाई आवश्यक कार्वाहीका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा लगेको छ भने खर्च अभावमा श्रीमती विना भने उपचार अभावमा मृत्युसग पैठेजोरी खेल्दै आउनुभएको छ । झापा कनकाई नगरपालिका २ सुकेडाँगीमा डेरा गरि बसेको कुमाल परिवार जनमन गरि बस्दै आएको थियो । आफ्नै श्रीमानको छुरा प्रहारबाट सख्त घाईते बन्नुभएकी ३८ बर्षिय विना लिम्बु उपचार अभावमा जिवन मरणको संघारमा रहनुभएको छ भने कुमाल परिवार मादक पदार्थका कारण भताभुङ्ग मात्रै भएको छैन खर्च अभावमा ३८ बर्षकै उमेरमा जीवन मरणको दोसाधमा रहनुभएको छ विना ।
गत फागुन २४ गते बुधवारका दिन श्रीमान पदमबहादुर कुमालले मादक पदार्थ सेवन गरेर छुराले पेटमा र फलामको घनले टाउकोमा प्रहार गरेर सख्त घाईते बनाएपछि ३८ बर्षिय घाईते विनाको उपचार नहुदा जीवन संकटमा परेको हो ।
सामान्य जनमन गरि परिवार पाल्दै आएका श्रीमान श्रीमती अर्काको घरमा डेरा गरि बस्दै आएका थिए ।

गत भदौ महिनामा मात्रै प्रेम बिवाह गरेका उनीहरुविच विवाह गरेकै वेलादेखि सामान्य खटपट परेको थाहा भएको स्थानीय मेघराज पाठकले बताउँनुभयो । घरमा श्रीमान श्रीमतीमात्रै रहेकोमा हतियार प्रहार गर्ने श्रीमानलाई प्रहरीले पक्राउ गरि ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गरेको छ भने घाईते श्रीमतीलाई स्थानीय गाउँले घाईतेकी दाजु भाउजुले चन्दा संगलन गरेर केहि दिन झापा र धरानको घोपामा लगेर उपचार गराएपनि थप उपचार गर्नका लागि आर्थिक अभावका कारण हाल घरमै ल्याएर राख्नुपरिरहेको घाईतेकी भाउजु निर्मला लिम्बुले बताउनुभयो ।

आफुहरुपनि जनमन गरेर परिवार पाल्दै आएकोमा उपचारका लागि अस्पतालमा रकम जम्मा गर्न भनेपनि गाउँघरमा उठाएको रकम सकिएपछि हाल घरमै ल्याएर राख्नुपरेको घाइतेका दाजु सोमबहादुर लिम्बुले बताउँनुभयो । श्रीमान पदमबहादुर कुमाल गाउँघरमा रागा, सुगुर लगायातका जनावार काटेर विक्री गर्ने गरेको र सोही हतियार प्रयोग गरेर श्रीमतीलाई घाइते बनाएको स्थानीयको भनाई छ । उपचार अभावमा घाईते विना हाल बोलचाल गर्न सक्नुहुन्न भने हाल लिम्बु मृत्यु कुरेर बसीरहनुभएको छ ।

छुरा प्रहारका कारण घाईते विनाको पेट र फलामको हम्बर प्रहारबाट टाउकोमा चोट लागेका कारण दुबै ठाउँमा अप्रेशन गर्नुपर्ने डाक्टरले बताएको तर आफुसग अप्रेशनका लागि जम्मा गर्ने रकम नभएको घाइतेका दाजु सोमबहादुर लिम्बुले बताउँनुभयो ।
उपचार अभावमा घाईतेको अवस्था दिनानुदिन नाजुक बनिरहेको स्थानीयको भनाई छ । पिडित परिवारले उपचारका लागि आर्थिक सहयोग गरिदिनका लागि सबै सहयोगी मनहरुमा अनुरोध गर्नुभएको छ ।

सम्बन्धित खबर