कनकाई अनलाईन
नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मानव सभ्यता भन्दा पहिले कोशीको उत्पत्ति भएको हुदा कोशीको नामकरणमा कुनै विवाद गर्नुको आवश्यकता नभएको बताउँनुभएको छ । शुक्रबार झापाको बिर्तामोडमा नेकपा एमाले पार्टीले आयोजना गरेको मिशन ग्रासरुट कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नेता ओलीले कोशीनामले यहाँका सबै जनतालाई सम्बोधन गर्ने बताउँनुभयो ।
ओलीले वातावरण नदि, प्रकृतिभन्दा पहिले अर्को सभ्यता नभएको कोशी प्रदेश यस क्षेत्रको नामकरण उपयुक्त भएको ओलीको भनाई थियो । ओलीले यस प्रदेशको नाम कोशी राखेको भन्दै मुख्यमन्त्री हिक्मत कार्की लगायात सबै सांसदलाई बधाई समेत दिनुभएको छ । बहुमतबाट पारित भएको नाममा आन्दोलन, जुलुस गर्न नहुने ओलीको भनाई थियो । ओलीले मानिस धरती पुत्र भएकोले कोशी प्रदेशले हामी सबैलाई समेटेको बताउँनुभयो । यस क्षेत्रका मानिसलाई आवश्यक पर्ने अन्न समेत कोशीबाट सिञ्चित भएको भन्दै कोशी नाम कुनै जातजातिको नभई, सबैको साझा भएको बताउँनुभयो । ओलीले कोशी ठुलो कि सभ्यता ठुलो भन्दै कोशी भएकाले मात्रै सभ्यता भएको बताउँनुभयो ।
नामाकरणको विषयलाई लिएर कोही पनि असन्तुष्ट नहुन आग्रह गर्दै अध्यक्ष ओलीले प्रदेशको नामकरणको आन्दोलनमा धमिलो पानीमा माछा पार्ने’ प्रयास हुन सक्ने बताउँनुभयो ।
अध्यक्ष ओलीले कोशी प्रदेशको नाम र सरकार दुबै जोगाउने समेत बताउँनुभयो । ओलीले आफुहरुसग ४० सिट रहेको र राप्रपाको ६ सिटले गर्दा १ सिट मात्रै खोज्नुपर्ने भन्दै राप्रपाले प्रदेशमा साथ दिने हुदा सरकार कुनैपनि हालतमा नढल्ने ओलीको भनाई थियो ।