Kanakai Online

उद्योग वाणिज्य महासंघ कोसी प्रदेश उपाध्यक्षमा कुमारमणि पोखरेल


बिहिवार, चैत ९, २०७९ |

कनकाई अनलाईन
नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशको उपाध्यक्षमा झापा कनकाई नगरपालिकाका सफल व्यावसायी कुमारमणि पोखरेल सर्वसम्मत चयन हुनुभएको छ । पोखरेल यसअघि प्रदेशसको सदस्य रहनुभएको थियो । पोखरेल हाल वस्तुगत उपाध्यक्षमा कनकाईका व्यावसायी पोखरेल सर्वसम्मत हुनुभएको हो । झापाको बिर्तामोडमा सम्पन्न पाचौ सभाले अध्यक्षमा राजेन्द्र राउत सर्वसम्वत हुनुभएको छ ।

यसैगरि उपाध्यक्षमा त्यस्तै, जिल्ला नगर उपाध्यक्षमा इटहरीका निर्माण व्यवसायी भीमबहादुर पौडेल र कोषाध्यक्षमा व्यवसायी सुवास आचार्य निर्विरोध चयन हुनुभएको छ ।

त्यस्तै, जिल्ला नगर सदस्यहरुमा ध्रुवलाल श्रेष्ठ, वीरन्द्रकुमार शाह, प्रितम खड्गी, प्रकाश शिवाकोटी र ऋषिराज तिम्सिना चयन हुनुभएको छ ।

वस्तुगत सदस्यमा राजन श्रेष्ठ र दिपक पाण्डे तथा एसोसिएट्स सदस्यमा रविनकुमार दाहाल, भविसकुमार श्रेष्ठ र श्रवणकुमार अग्रवाल चयन हुनुभएको छ ।

महासंघमा ३७ जिल्ला नगर, १३ वस्तुगत र १२७ एसोसिएट्स सदस्य रहेका छन ।

सम्बन्धित खबर