कनकाई अनलाईन
झापामा पछिल्लो समय आगलागीका घटनाहरु बढ्न थालेका छन् । चार दिन अघि मात्र हल्दिबारी गाउँपालिका वाड नम्बर १ स्थित गोलधापमा निर्मला आचार्यको घरमा घरमा भएको आगलागीको घटमा सेलाउन नपाउदै फेरी बार्हदशी ५ घोडामारा स्थित शनिहाट नजिकै स्थानीय योगेश्वर खतिवडाको घरमा दिउँसो करीब १ ४० बजे बिधुत् सट भई भीषण आगलागी भएको छ।
आगलागी हुँदा घरका सदस्यहरु बाहिर काम गरिरहेको र एक्कसी घरमा धुवाँको मुस्लो देखि पछि दौडिदै घर आएको घरमुली योगेश्वर खतिवडाले कनकाई अनलाइनलाई जानकारी दिनु भयो। आगलागीबाट घर भित्रका दराज, सोफा, टिभी, लत्ताकपडा लगायत सबै सामान जलेर पुर्ण रुपमा नष्ट भएको घरकी सदस्य कल्पना खतिवडाले बताउनु भयो। आगलागीबाट घर भित्र रहेको नगद रु। ३ लाख २० हजार र अडाई तोला सुन समेत जलेर नष्ट भएको घरकी बुहारी कन्चन अधिकारी खतिवडाले जानकारी दिनुभयो।आगलागी पस्चात् स्थानीय चकचकी प्रहरी चौकीको टोलीले घटनाबारे थप अनुसन्धान गरेको जानकारी दिइएको छ। बार्हदशीमा केही समय अघि स्थानीय सन्तोष गौतमको घरमा समेत बिधुत् सट भई आगलागी भएको स्थानीयले जानकारी दिएका छन् । घरमुली खतिवडाका अनुसार घोडामारमा जडित ट्रान्सर्फमरमा केही दिन अघि मात्र एक्कासी आगलागी भएको र सोही कारण बिधुत् लाइनमा केही कैफियत भई आगलागी भएको हुन सक्ने आशंका गरिएको छ।