Kanakai Online

झापामा विद्यार्थीको निर्वाचन अनेरास्ववियु र नेविसंघको मिश्रित परिणाम


सोमवार, चैत ६, २०७९ |

कनकाई अनलाईन
झापामा विद्यार्थीको स्ववियु निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियु र नेपाली कांग्रेसको भातृ संगठन नेविसंघको मिश्रित नतिजा आएको छ ।

साविक मेची अंचलको पुरानो र ठूलो क्याम्पस मेची बहुमुखी क्याम्पस भद्रपुरमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सभापतिमा अनेरास्ववियुका सन्देश धमला निर्वाचित हुनुभएको छ ।

धमलाले नेपाल विद्यार्थी संघका किशोर ढुंगानालाई १३० मतको अन्तरले पराजित गरेका हुन् । धमलाले ९६० मत ल्याउँदा ढुंगानाले ८३० मत पाएका छन् । त्यस्तै सचिवमा अनेरास्ववियुकै विदन राई विजयी भएका छन् । राई १ हजार १३ मतसहित विजयी हुँदा उनका प्रतिद्वन्द्वी नेविसंघका भिष्म घिमिरेले ९३३ मत पाएका छन् । कोषाध्यक्षमा भने नेविसंघका निलम कार्की विजयी भएका छन् । उनले १ हजार १५० मत ल्याउँदा उनका प्रतिद्वन्द्वी अनेरास्ववियुका अनिल चौहानले ७२७ मत पाएका छन् । त्यस्तै अनेरास्ववियुले दुईवटा सदस्य जित्दा नेविसंघले पाँचवटा सदस्य पद जितेको छ । मेची बहुमुखी क्याम्पसमा त्रिपक्षीय भिडन्त भएको थियो । ।कम्युनिष्ट पार्टीनिकट विद्यार्थी संगठनलगायतले दुईवटा प्यानल बनाउँदा नेपाली कांग्रेसनिकट नेविसंघ एक्लै निर्वाचनमा होमिएको थियो । नेकपा एमालेनिकट अनेरास्ववियु र राप्रपानिकट राप्रविसंले संयुक्त प्यानल बनाएका थिए । अनेरास्ववियु प्रगतिशील संयुक्त संगठन नाम दिइएको सो प्यानलबाट धमलाले अध्यक्षमा निर्वाचन लडेका थिए ।
यसैगरि झापाकै कनकाई बहुमुखी क्याम्पस सुरुङ्गामा सचिव र एक सदस्यपद वाहेक एमाले निकट अनेरास्ववियुको टीमनै बिजयी भएको छ ।
आइतवार राती भएको निर्वाचनमा अखिलका चेतन आचार्य सभापतिमा निर्वाचित भएका छन । आचार्यले ४१४ मत ल्याएर बिजयी हुदा सभापतिका नेविसंघका उम्मेद्धार कुबेरनाथ दाहालले २९६ मत ल्याए । यसैगरि सचिव नेविसंघका बासुदेव निरौला ३६२ मत ल्याएर निर्वाचित हुदा कोषाध्यक्षमा अखिलकै प्रिया पुरी ३५८ मतका साथ बिजयी हुनुभयो । यसैगरि सदस्यहरुमा समेत सबै पदमा मिना ढुङ्गेल ३९४ मत, राृहन कोईराला ३७५, जोमर अलि ३६६, मदन उप्रेती ३६२, प्रविन राई ३५९, प्रकाश गौतम ३५९ र मनिस हिङ्गमाङ्ग ३४७ मत बिजयी हुनुभयो । यसैगरि सदस्यमा नेविसंघका ३५९ मत ल्याएर बिजयी बनेका छन ।
यता बिर्तामोडस्थित कन्काई आदर्श क्याम्पसमा भने नेपाल विद्यार्थी संघको प्यानल नै विजयी भएको छ ।

अनेरास्ववियु र राप्रविसंको संयुक्त प्यानलका तर्फबाट अध्यक्ष बनेका गणेश न्यौपाने (पुकार)लाई ६३७ मतको फराकिलो अन्तरले पराजित गरी नेविसंघका गुरुङ प्यानलसहित निर्वाचित भएका हुन् । नेविसंघका गुरुङले ७६५ मत ल्याउँदा न्यौपानेले मात्र १२५ मत पाएका छन् । निर्वाचित हुने नेविसंघका तर्फबाट सचिवमा विमल कट्टेल ७०६ ,कोषाध्यक्षमा सम्पदा पोख्रेल ७५३ तथा सदस्यहरुमा साजन लिम्बू ७६९ , इशान ओली ७५४, रोशन कार्की ७७५, दिव्यकला कार्की ७६१, कुशल खनाल ७५०, मनिष कोइराला ७३८, विधान लिम्बू थेवे ७४२ र रोहित काफ्लेले ६९३ मत ल्याएका छन् ।

कन्काई आदर्श क्याम्पसमा अध्यक्षमा चारजनाले उम्मेदवारी दिएका थिए । अध्यक्षमा अखिल क्रान्तिकारीका लक्ष्मण थापाले ३२ र स्वतन्त्र उम्मेदवार विशाल पौडेलले १६ मत पाएका छन् ।

बिर्तामोडकै इन्द्रचन्द्र क्याम्पसको स्ववियु अध्यक्षमा नेपाल विद्यार्थी संघका पवन दाहाल निर्वाचित भएका छन् । उनले ३९० मत ल्याएका छन् ।

उनका प्रतिद्वन्द्वी अनेरास्ववियुका निर्मल लाम्गादेले २३७ मत पाएका छन् । त्यस्तै सचिवमा नेविसंघका श्रीजित ढुंगाना ४१५ , कोषाध्यक्षमा नेविसंघका शीतल गुरुङ ४४१ मत ल्याई विजयी भएका छन् । त्यस्तै सदस्यहरुमा रविन खड्का नेविसंघ ४६१ , बृन्दा तामाङ नेविसंघ ३९५ , ज्ञानबहादुर फत्र नेविसंघ ३९८ , समीक्षा पाण्डे नेविसंघ ४२६ , आकाश थापा अनेरास्ववियु ३९१ र उज्वल घिमिरे अनेरास्ववियु ३८१ मत ल्याई निर्वाचित भएका छन् ।

सम्पूर्ण पदाधिकारीसहित चारवटा सदस्य पद नेविसंघले जित्दा अनेरास्ववियुले दुईवटा सदस्य पद जितेको हो ।त्यस क्याम्पसमा अनेरास्ववियु , नेविसंघ ,अखिल क्रान्तिकारी र एकीकृत समाजवादी पार्टीनिकट अनेरास्ववियुका तर्फबाट चार जनाले अध्यक्षमा उम्मेदवारी दिएका थिए ।
यसैगरि बुद्धशान्तिस्थित सीतारमेश बहुमुखी क्याम्पसमा भएको स्ववियु निर्वाचनमा अनेरास्ववियुका प्रदीप बर्देवा अध्यक्षमा निर्वाचित भएका छन् ।

उनले ३३ मतान्तरले जित हासिल गरेका हुन् । बर्देवाले २०६ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वी नेविसंघका विवेक कार्कीले १७३ मत प्राप्त गरेका छन् । त्यस्तै सचिवमा अनेरास्ववियुका अशोक भण्डारीले जितेका छन् । उनले २०४ मत प्राप्त गर्दा नेविसंघकी मेलिना मिश्रले १७१ मत प्राप्त गरेकी छिन् । कोषाध्यक्षमा नेविसंघका सन्तहाङ लिम्बूले जितेका छन् । उनी १८९ मत ल्याएर बिजयी भए भने अनेरास्ववियुकी रमला राईले १८२ मत प्राप्त गरेकी थिइन् ।

यसैगरि झापाको शनिश्चरे बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेविसंघ र अखिल क्रान्तिकारीको गठबन्धनको प्यानल विजयी भएको छ ।

गठबन्धनका तर्फबाट नेपाल विद्यार्थी संघका बिशाल थापा सभापतिमा २७७ मत ल्याई सभापतिमा निर्वाचित भएका छन् । त्यस्तै सचिवमा अखिल क्रान्तिकारीका गगन चापागाईं २६२ मत ल्याई विजयी भएका छन् ।

त्यस्तै कोषाध्यक्षमा शर्मिला न्यौपाने २६० तथा सदस्यहरुमा निमेश भण्डारी २८३ , देवेन्द्र गिरी २६० , दिपक भट्टराई २४७ , टिकाराम दाहाल २७८ ,रविन प्रधान २७७ ,अरुण श्रेष्ठ २५५ मतसहित विजयी भएका छन् । शनिश्चरे बहुमुखी क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानलसंग अनेरास्ववियुले एक्लै निर्वाचन लडेको थियो ।

यसैगरि गौरीगञ्ज बहुमुखी क्याम्पसमा पनि अनेरास्ववियुको प्यानल नै विजयी भएको छ।

अनेरास्ववियुका तर्फबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका ईस्तव हुसेनले ११८ मत ल्याई प्यानलसहित विजयी हासिल गरेका हुन् । उनका प्रतिद्वन्द्वी नेपाल विद्यार्थी संघका रोशन यादवले मात्र ६८ मत पाएका छन् । त्यस्तै सचिवमा अनेरास्ववियुका निरबहादुर प्रधान १०८ , कोषाध्यक्षमा निरज माझी १०४, सदस्यहरुमा ममताकुमारी राजवंशी १०६, समीक्षा कटुवाल ९८ र कृष्णप्रसाद गन्गाई ९८ मत ल्याई निर्वाचित भएका छन् ।

यसैगरि गौरादह कृषि क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेकपा एमालेनिकट अनेरास्ववियुको प्यानल विजयी भएको छ ।
सम्पन्न मतगणनामा अनेरास्ववियुका विक्रमकुमार तिवारी १३० मत ल्याई प्यानलसहित विजयी भएका हुन् । सोही प्यानलका तर्फबाट सचिव पूर्णबहादुर राना १३८, कोषाध्यक्ष झरना सुवेदी १३९ तथा सदस्यहरुमा प्रकाश पौडेल १३०, सविन कटुवाल १२७, सुनिता बस्नेत १२३, मनिचकुमार राई १४२ र रिकिताकुमारी चौधरी १३९ मत ल्याई विजयी भएका छन् । नेविसंघका तर्फबाट अध्यक्षमा उम्मेदवारी दिएका राजेन्द्र काफ्लेले भने ९९ मत पाएका छन् । त्यहाँ अनेरास्ववियु र नेविसंघको दुईवटा प्यानलले उम्मेदवारी दिएको थियो ।

सम्बन्धित खबर