कनकाई अनलाईन
झापाको काकरभिट्टा बहुमुखी क्याम्पसमा निर्वाचनको २ दिन पहिले आएर स्ववियु निर्वाचन स्थगित गरिएको छ ।
क्याम्पस प्रशासन र निर्वाचन समितिले संयुक्त रूपमा पत्रकार सम्मेलन आयोजना गरी असहज परिस्थितिका कारण तत्कालका लागि निर्वाचनको वातावरण नभएको जनाउँदै चैत ५ गते हुने भनिएको निर्वाचन स्थगित गरिएको जनाएको छ ।
एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले निर्वाचन अघि तोडफोड र आगजनिमा उत्रिएपछि निर्वाचन स्थगित गरिएको बताइएको छ । क्याम्पस प्रमुख लक्ष्मीप्रसाद उप्रेतीले पत्रकार सम्मेलनमा असहज परिस्थितिका कारण हाल निर्वाचन गराउन नसकिएको बताउनु भयो ।
निर्वाचन गराउने नाममा विद्यार्थीहरूबीच झडपको अवस्था देखेर निर्वाचन स्थगित गरियो उप्रेतीले पत्रकार सम्मेलनमा भन्नुभयो । आन्दोलनकारी विद्यार्थीहरुले क्याम्पसको बोर्ड जलाउने, तोडफोड र आगजनि गर्ने विद्यार्थी समुहको अगुवाई गर्ने दुइ जना विद्यार्थीहरू सन्तोस धमला र सन्देस पौडेललाई तीन महिनासम्म क्याम्पसबाट निलम्बलन गर्ने निर्णय भएको समेत पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । झापाका अन्य क्याम्पसहरुमा भने चैत्र छ गतेनै निर्वाचन हुदै छ । झापाको कनकाई बहुमुखी क्याम्पसमा निर्वाचनको सम्पुर्ण तयारी पुरा गरिसकिएको निर्वाचन अधिकृत शेरबहादुर बानियाँले बताउँनुभयो । झापाको मेची क्याम्पस, बिर्तामोडको कनकाई क्याम्पस, दमक बहुमुखी क्याम्पस, बिर्तामोडका देवि बहुमुखी क्याम्पस लगायातका १० क्याम्पसमा निर्वाचन हुदै छ । निर्वाचनका लागि सम्पुर्ण सुरक्षा व्यावस्था कडा बनाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायक उपरिक्षक खगेन्द्रप्रसाद रिजालले कनकाई अनलाईनलाई जानकारी दिनुभयो ।