Kanakai Online

श्रीमानको हतियार प्रहारबाट घाईते सुरङ्गाकी विना खर्च अभावमा मृत्यु कुर्दै


बिहिवार, चैत २, २०७९ |

जनक न्यौपाने
सगै जिउने सगै मर्ने भनि एकअर्कामा कसम खाएर प्रेम बिवाह गरेको ६ महिनामै श्रीमानको छुरा प्रहारबाट सख्त घाईते बन्नुभएकी झापा कनकाई नगरपालिका ३ कालिस्थानकी ३८ बर्षिय विना लिम्बु हाल उपचार खर्च अभावमा मृत्युसग पैठेजोरी खेल्दै हुनुहुन्छ ।


गत भदौमा मात्रै कनकाई नगरपालिका ३ भीमसेनस्थानमा डेरा गरि बस्ने पदमबहादुर कुमालसग प्रेम बिवाह गर्नुभएकी विनाले विवाह गर्दा श्रीमानसग जीवन सगै जिउने कल्पना गरेकी थिइन । विवाहको खुसी भने विनाको जीवनमा लामो समय टिकेन विवाह गरेको केहि महिनाभित्रै श्रीमानले मादक पदार्थ खाएर दैनिक झगडा गर्ने र कुटपिट गर्ने गरेको स्थानीय मेघराज पाठकले कनकाई अनलाईनलाई जानकारी दिनुभयो ।
बेलाखखतमा झगडा हुदा गाउँले र विनाका दाजु सोमबहादुर लिम्बुले आएर सम्झाई बुझाई गरेर मिलाएर राख्दै आएकोमा पछिल्लो पटक गत फागुन २४ गते बुधवारका दिन भने दिउसो श्रीमती विना लिम्बुको पेटमा छुरा प्रहार र टाउकोमा समेत फलामको घनले हानेर सख्त घाईते बन्नुभएको छ ।
मादक पदार्थ सेवन गरेर आएका श्रीमानको प्रहारबाट घाईते बनेपछि प्रहरीले श्रीमानलाई आवश्यक कार्वाहीका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा लगेको छ भने खर्च अभावमा श्रीमती विना भने उपचार अभावमा मृत्युसग पैठेजोरी खेल्दै आउनुभएको छ । झापा कनकाई नगरपालिका २ सुकेडाँगीमा डेरा गरि बसेको कुमाल परिवार जनमन गरि बस्दै आएको थियो । आफ्नै श्रीमानको छुरा प्रहारबाट सख्त घाईते बन्नुभएकी ३८ बर्षिय विना लिम्बु उपचार अभावमा जिवन मरणको संघारमा रहनुभएको छ भने कुमाल परिवार मादक पदार्थका कारण भताभुङ्ग मात्रै भएको छैन खर्च अभावमा ३८ बर्षकै उमेरमा जीवन मरणको दोसाधमा रहनुभएको छ विना ।
गत फागुन २४ गते बुधवारका दिन श्रीमान पदमबहादुर कुमालले मादक पदार्थ सेवन गरेर छुराले पेटमा र फलामको घनले टाउकोमा प्रहार गरेर सख्त घाईते बनाएपछि ३८ बर्षिय घाईते विनाको उपचार नहुदा जीवन संकटमा परेको हो ।
सामान्य जनमन गरि परिवार पाल्दै आएका श्रीमान श्रीमती अर्काको घरमा डेरा गरि बस्दै आएका थिए ।

गत भदौ महिनामा मात्रै प्रेम बिवाह गरेका उनीहरुविच विवाह गरेकै वेलादेखि सामान्य खटपट परेको थाहा भएको स्थानीय मेघराज पाठकले बताउँनुभयो । घरमा श्रीमान श्रीमतीमात्रै रहेकोमा हतियार प्रहार गर्ने श्रीमानलाई प्रहरीले पक्राउ गरि ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गरेको छ भने घाईते श्रीमतीलाई स्थानीय गाउँले घाईतेकी दाजु भाउजुले चन्दा संगलन गरेर केहि दिन झापा र धरानको घोपामा लगेर उपचार गराएपनि थप उपचार गर्नका लागि आर्थिक अभावका कारण हाल घरमै ल्याएर राख्नुपरिरहेको घाईतेकी भाउजु निर्मला लिम्बुले बताउनुभयो ।

आफुहरुपनि जनमन गरेर परिवार पाल्दै आएकोमा उपचारका लागि अस्पतालमा रकम जम्मा गर्न भनेपनि गाउँघरमा उठाएको रकम सकिएपछि हाल घरमै ल्याएर राख्नुपरेको घाइतेका दाजु सोमबहादुर लिम्बुले बताउँनुभयो । श्रीमान पदमबहादुर कुमाल गाउँघरमा रागा, सुगुर लगायातका जनावार काटेर विक्री गर्ने गरेको र सोही हतियार प्रयोग गरेर श्रीमतीलाई घाइते बनाएको स्थानीयको भनाई छ । उपचार अभावमा घाईते विना हाल बोलचाल गर्न सक्नुहुन्न भने हाल लिम्बु मृत्यु कुरेर बसीरहनुभएको छ ।


छुरा प्रहारका कारण घाईते विनाको पेट र फलामको हम्बर प्रहारबाट टाउकोमा चोट लागेका कारण दुबै ठाउँमा अप्रेशन गर्नुपर्ने डाक्टरले बताएको तर आफुसग अप्रेशनका लागि जम्मा गर्ने रकम नभएको घाइतेका दाजु सोमबहादुर लिम्बुले बताउँनुभयो ।
उपचार अभावमा घाईतेको अवस्था दिनानुदिन नाजुक बनिरहेको स्थानीयको भनाई छ । पिडित परिवारले उपचारका लागि आर्थिक सहयोग गरिदिनका लागि सबै सहयोगी मनहरुमा अनुरोध गर्नुभएको छ । सहयोग गरि जीवन बचाईदिन सबै सहयोगी मनहरुमा पिडित विनाको अनुरोध छ । यसवारेमा केहि बुझ्न परेमा विनाका दाजु सोमबहादुर लिम्बुको फोन नम्बर ९८१५०५२०४५ मा फोन गर्न वा यस विना बचाउ अभियानको नेतृत्व गरिरहनुभएका स्थानीय युवा मेघराज पाठकको मोवाईल नम्बर ९८०६००८८९८ मा फोन वा मेघराज पाठकको नाममा रहेका सनराईज बैँक लिमिटेड सुरुङ्गा झापाको खातानम्बर ०३८१०१०६१७२०१६ मा रकम जम्मा गरिदिनुहुन सबैसग अनुरोध गर्नुभएको छ ।

सम्बन्धित खबर