Kanakai Online

स्ववियु निर्वाचनको मुखमा क्याम्पस तोडफोड


बुधवार, चैत १, २०७९ |

कनकाई अनलाईन
निर्वाचन आचारसंहिताविपरीत विद्यार्थी भर्ना गरिएको भन्दै ती नामहरू मतदाता सूचीबाट हटाउन माग गर्दै नेकपा एमालेनिकट अनेरास्ववियुले काँकडभिट्टा बहुमुखी क्याम्पसमा तोडफोड गरेको छ ।

एमालेनिकट अनेरास्ववियु र एकीकृत समाजवादीनिकट अनेरास्ववियुबीच झडप भएको जनाइएको छ । क्याम्पस गेटमा भएको बोर्ड एमालेनिकट अनेरास्ववियुले जलाउन खोज्दा एकीकृत समाजवादीनिकट अनेरास्ववियुले रोकेको थियो । त्यसक्रममा झडप भएको स्थानीयको भनाई छ ।

काँकडभिट्टा बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनसम्बन्धी विवाद झन् बढ्दै गएको छ । क्याम्पसको बोर्ड तोडफोड गरेको भन्दै अनेरास्ववियुका २ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा अनेरास्ववियुका जिल्ला कार्यालय सचिव सन्तोष धमला र क्याम्पस कमिटी अध्यक्ष सन्देश पौडेल रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएकोमा बिहिवार छलफल गर्नेगरी छोडिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक खगेन्द्र रिजालले बताउनुभयो ।

सम्बन्धित खबर