Kanakai Online

स्वतन्त्र दुई विद्यार्थीले पत्रकार सम्मेलनमै गरे घोषणापत्र सार्वजनिक


मङ्गलवार, फागुन ३०, २०७९ |

कनकाई अनलाईन
कनकाई बहुमुखी क्याम्पस सुरुङ्गामा आगामी चैत्र ५ गते हुन गइरहेको स्ववियुको निर्वाचनका लागि स्वतन्त्र रुपमा उम्मेद्धारी दिने २ विद्यार्थीले पत्रकार सम्मेलन गरेरै आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन ।


अध्यक्ष सभापति पदका उम्मेद्धार डिल्लीराम खरेल महेश र कोषाध्यष पदका उम्मेद्धार प्रतिक ढकालले सुरुङ्गामा पत्रकार सम्मेलन गरेर आफ्नो घोषणापत्र सार्वजनिक गरेका हुन । पहिले अध्यान अनिमात्रै राजनिति भन्दै दलको भातृ संगठनबाट उम्मेद्धारी दिदा दलको लगामका कारण विद्यार्थीको हक हितमा काम गर्न नसकिने दुबै स्वतन्त्र उम्मेद्धारको भनाई रहेको छ ।
अध्यक्षका उम्मेद्धार उप्रेती एक कवि समेत हुन उनले कल्पनाको संसार नामक कविता संग्रह समेत बजारमा ल्याईसकेका छन । दुबैले निर्वाचन जितेको खण्डमा कनकाई बहुमुखी क्याम्पसलाई खेलमैत्री र कलेजको वातावरण फुलवारी र हरावरा बनाउने शैक्षिक वातावरण विद्यार्थीमैत्री बनाउने अन्तराष्ट्रिय क्वालिटि सर्टिफिकेटको मापदण्डलाई निरन्तरता दिनका लागि विद्यार्थीको भुमिकालाई थप मजबुद बनाउने क्याम्पसलाई असल शिक्षा नितिको पालनाका लागि लागि पर्ने लगायातका घोषणापत्रमा सामेल गरेका हुन ।
कनकाई बहुमुखी क्याम्पसमा स्वतन्त्र सहित अन्य दुई संगठन गरि ३ प्यानलविच प्रतिस्पर्धा हुदै छ ।