कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका १ मा रहेको बसुन्धरा कृषि सहकारी संस्थाको बार्षिक साधरणसभा सम्पन्न भएको छ ।
ईश्वर सुवेदीको अध्यक्षता तथा कनकाई नगरपालिका वार्डनम्बर १ का वडाअध्यक्ष शुशिलकुमार पोखरेलको प्रमुख आतिथ्यतामा आयोजित साधरणसभामा संस्थाको परिचय र आर्थिक प्रतिवेदन संस्थाका सचिव प्रविन कट्टेलले राख्नुभएको थियो । यसैविच संस्थाले उत्कृष्ट कर्मचारीका रुपमा खिमा बास्कोटा, उत्कृष्ट ऋणिका रुपमा राजेश गिरी र उत्कृष्ट बचतकर्ताका रुपमा धनबहादुर मगरलाई सम्मान गरेको छ ।
यसैगरि संस्थाका जेष्ठ संस्थापक सदस्य सम्मान खगेन्द्र पोखरेल र खडानन्द बास्कोटालाई सम्मान गरिएको थियो भने उत्कृष्ट १० कृषकलाई कृषि औजारसहित सम्मान समेत गरिएको थियो ।
यसैगरि सहकारीले इश्वर सुवेदीको अध्यक्षतामा ११ सदस्यीय संचालन समिति निर्विरोध रुपमा चयन गरेको छ भने कुमारप्रसाद खरेलको अध्यक्षतामा ३ सदस्यीय लेखा समिति समेत चयन गरेको छ ।
साधरणसभामा कनकाई नगरपालिका सहकारी प्रमुख हरिप्रसाद पौडेल, प्रजापति सामुदायिक वन समुहका अध्यक्ष मात्रिका पोखरेल, प्रजापति कृषि सहकारीका सचिव दिपेश रिमाल लगायातले शुभकामना राख्नुभएको थियो ।
कार्यक्रमको संचालन जीवन कटुवालले र स्वागत कमला कट्टेलले राख्नुभएको थियो ।