कनकाई अनलाईन
कोशी प्रदेश नामकरणको विरुद्धमा आज कोशी प्रदेश बन्दको आव्हान गरेका पहिचान पक्षधरहरुको आन्दोलनका क्रममा आज चारपानेबाट ३ जना पहिचान पक्षधर कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
जसपाका प्रदेश सदस्य समेत रहेका नेता गौरीमान राई र सङ्घर्ष समितिका सदस्य कुमार साम्यु र सामी पालुङ्गा प्रक्राउ परेको कोशी प्रदेश पुर्न नामकरण सङघर्ष समितिका सदस्य समेत रहेका राजा आङथोपोले बताउँनुभयो ।
बन्द गराउदै हिडने क्रममा झापा चारपानेबाट आज विहान साढे ६ बजे उनीहरुलाई प्रहरीले पक्राउ गरेको र तत्काल रिहा गर्न आव्हान गरिएको आङथोपोले बताउँनुभयो ।
आज कोशी प्रदेशभर आव्हान गरेको बन्दको प्रभाव परेको छ । भने स्कुल कलेज देखि गाडीहरु समेत बन्द अवस्थामा रहेका छन । बन्दकर्ताले ठाउँ ठाउँमा सडकमा टायर बालेर सडक अवरुद्ध पारेका छन ।
Trending
- चारतला माथिबाट खसेर मजदुरको मृत्यु
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा