Kanakai Online

झापामा कोशी प्रदेश खारेजीको माग गर्दै राँके जुलुस


शनिवार, फागुन २७, २०७९ |

कनकाई अनलाईन्
झापा, २७ फागुन । कोशी प्रदेश खारेजीको माग गर्दै विभिन्न झापासहित पूर्वमा सडक संघर्षका कार्यक्रम शुरु भएको छ ।

मुलुक संघीयतामा गएसंगै बनेको प्रदेशिक संरचना मध्ये प्रदेश १ को नामाकरण लामो समयसम्म हुन सेको थिएन । तर, गत फागुन १७ गते प्रदेश १ लाई कोशी प्रदेश नामाकरण गरिएसंगै त्यसको विरोधमा राजनीतिक दल र जातीय संघठनहरु विरोधमा उत्रिएका हुन् । छ वटा राजनीतिक दल र ३४ वटा जातीय संघठनले आज साँझ झापाको बिर्तामोडमा कोशी प्रदेश खारेजीको माग गर्दै राके जुलुस प्रर्दशन गरेका हुन् ।

राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लिम्बुवान पार्टी नेपाल, कोचिला संघर्ष समिति, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी, लिम्बुवान राष्ट्रिय समिति लोसपा र किराँत लिम्बुवान प्रदेश नामाङ्कन अभियानबीच पार्टी एकीकरण भएसंगै आन्दोलनका कार्यक्रम अघि बढाइएको केपी पालुङ्वाले बताउनुभयो । पालुङ्वाको संयोजकत्वमा संघर्ष समिति नै गठन गरेर ६ वटा राजनीतिक दल संघर्षमा उत्रिएका हुन् ।

फागुन २८ गते बन्दको घोषणा गरेका दलले चैत ५ गते कोशी प्रदेशको राजधानी विराटनगरमा जनप्रर्दशन गर्ने घोषणा गरेका हुन् । जसका लागि नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरीको संयोजकत्वमा संघर्ष समिति तयार गरेका छन् । जसको सदस्यहरुमा ३३ वटा जातीय संघठनका अध्यक्षहरु रहेका छन् । उनीहरुले शनिवार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गर्दै आन्दोलनमा सहभागी घटकको नाम समेत सार्वजनिक गरेका छन् ।

कोशी प्रदेशको नाम कौशिक वाहुनको नाममा रहेको कोशी नदीवाट भएकाले त्यसलाई खारेज गर्दै ऐतिहासिक पहिचानको आधारमा प्रदेश १ को नाम पुन नामाङ्कन गरिनु पर्ने माग अघि सारेका हुन् ।