Kanakai Online

जनचेतना प्राविमा अमेरिका निवासी बास्कोटाले बनाइदिईन स्टेज


शनिवार, फागुन २७, २०७९ |

कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ३ स्थित जनचेतना आधारभुत विद्यालयमा तमोरनदी आधारभुत विद्यालय फुङलिङ ताप्लेजुङकी हाल अमेरिका रहनुहुने राधा बास्कोटाले स्टेज निर्माण गरिदिनुभएको छ ।


बास्कोटाले आफ्नी पुर्व शिक्षिका समेत रहनुभएकी आमा इन्दिरा शर्मा भट्टराई र ससुरा झापा गौरादह नगरपालिका ५ स्कुलचौन निवासी स्वर्गिय दिननाथ बास्कोटा र स्वर्गिय हजुरआमा स्वर्गिय खिमादेवि बास्कोटाको स्मृतिमा विद्यालयमा स्टेज निर्माण गरिदिनुभएको छ ।
स्टेज निर्माणका लागि बास्कोटाले नगद १ लाख ८१ हजार २५४ रुपैँया सहयोग गर्नुभएको र बाकी ६५ हजार रुपैँया भने कनकाई नगरपालिकाबाट प्राप्त भएको विद्यालयकी प्रअ सुष्मा कुमाललले बताउँनुभयो ।
विद्यालयमा स्टेज निर्माण भएसगै विद्यालयले गर्ने हरेक अतिरिक्त कार्यक्रम गर्नका लागि थप स्टेज निर्माण गरिरहनुपर्ने र विद्यालयलाई थप आर्थिक भार पर्नबाट जोगिएको भन्दै विद्यालयले स्टेज निर्माण गरिदिने राधा बास्कोटालाई विद्यालयले आफ्नो रजत बर्ष तथा वार्षिक उत्सवको अवशर पारेर सम्मान समेत गरेको छ । उक्त सम्मानलाई बास्कोटा परिवारको तर्फबाट झापाका समाजसेवी व्याक्तित्व शेरबहादुर थापाले ग्रहण गर्नुभएको थियो । थापाकै समन्वय र पहलमा विद्यालयमा स्टेज निर्माण गरिएको विद्यालयले जनाएको छ ।
थापालाई कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले विशेष कार्यक्रमका विच सम्मान गर्नुभयो । उक्त अवशरमा नगर शिक्षा प्रमुख पिताम्बर गौतम, वार्डअध्यक्ष युवराज चम्लगाई लगायातले सम्मान गर्नुभएको थियो भने कार्यक्रम विद्यालयका अध्यक्ष टिका लामिछानेले गर्नुभएको थियो ।