कनकाई अनलाईन
झापाको कनकाई नगरपालिकाले पनि ११३ औं अन्तर्राष्ट्रिय अन्राष्ट्रिय महिला दिवस विविध कार्यक्रम गरी मनाएको छ । नगरले बुधबार (आज) नगरपालिकामा महिलाहरुलाई सम्मान तथा सांस्कृतिक कार्यक्रम गरेर महिला दिवस मनाएको हो ।
प्रतिनिधिसभाकी उप–सभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्य तथा नगर उप–प्रमुख आशा शर्मा शिवोकाटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरका सामाजिक क्षेत्रमा योगदान गरेका महिलाहरुलाई सम्मान गरिएको थियो । नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले स्वागत गरेको कार्यक्रममा विभिन्न संस्कृति झल्कने नृत्य प्रस्तुत गरिएको थियो । नारी दिवश मनाउनु अघि यस क्षेत्रमा रहेको नारीहरुकी प्रथम सहिद योगमाया न्यौपानेको शालिमकमा माल्यापण गरिएको थियो । कनकाई नगरकी उपप्रमुख आशा शर्मा शिवाकोटी, नगरप्रमुख राजेन्द्रकुमार पोखरेल लगायातको टिमले कनकाई ३ स्थित योगमाया टोलमा पुगेर माल्यापण गर्नुभएको थियो ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य अम्बिका राजवंशी, संघ÷संस्थाको तर्फबाट जिल्ला सहकारी संघ झापाकी उपाध्यक्ष चम्फा सुवेदी, निवर्तमान नगर उपप्रमुख मञ्जु प्रसाई, निवर्तमान कार्यपालिका सदस्य सुनिता खरेल सिग्देलल शिक्षक संघकी कनकाई अध्यक्ष सारदा प्रसाई पाठक, गायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन वडा नं. १ की वडासदस्य निर्मला खड्का र वडा नं. ८ की वडा सदस्य रिता उप्रेतीले संयुक्त रुपमा गरेका थिए ।
कार्यक्रममा नगरका ९ वटै वडाका वडाध्यक्ष, वडा सदस्य, नगरका बिभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, संघ÷संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा थापामगरले विश्व जलवायु परिवर्तनको असर नेपालमा समेत परिरहेको भन्दै जलवायु परिवर्तनका कारण नेपालमा गृहणीहरुले दुःख पाएको बताउँनुभयो ।