कनकाई अनलाईन
– नेपालले आइसिसी विश्वकप लिग(२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आज पपुवा न्युगिनीसँग खेल्दैछ । खेल बिहान ९ः३० मा टियु क्रिकेट मैदानमा सुरु हुनेछ । विहीबारदेखि नेपाल, युएई र पपुवा न्युगिनीबीच सुरु हुने अन्तिम लिग(२ को त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालको लक्ष्य सिधै विश्वकप छनोट हुनेछ ।
नेपालले पपुवा न्युगिनी र युएईलाई दुई दुई खेल हराएमा आगमी जुन जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोट सिधै खेल्न पाउनेछ । नेपाल ३२ खेलमा १५ मा जित र १५ मा हारसहित ३२ कका साथ पाँचौं स्थानमा छ । लिग(२ का शीर्ष तीन टोलीले सोझै विश्वकप छनोट खेल्न पाउँछन् । स्कटल्यान्ड ५० अंकका साथ च्याम्पियन र ओमान ४४ अंकका साथ दोस्रो स्थानमा रहँदै सोझै विश्वकप छनोटमा पुगेका छन् ।
नेपालले सबै खेल जितेको खण्डमा ४० अंक हुनेछ । ४० अंक हुँदा नेपाल शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्नेछ । नेपाल एक खेलमा पराजित भएमा भने प्लेअफ क्वालिफायर खेल्नुपर्ने हुन्छ । नेपालको मनोबल उच्च छ । सोझै ओडिआई मान्यता जोगाउन नेपालले चार मध्य दुई खेल जित्नुपर्ने हुन्छ । नेपाल पपुवा न्युगिनीमाथि सानदार जितका साथ ओडिआई मान्यता एक जित टाढा बनाउन चाहन्छ ।
नेपालको रोहित पौडेल र पिएनजीको असद भालाले कप्तानी गर्नेछन् । पपुवा न्युगिनी ३२ खेलमा ४ मा जित र २७ मा हारसहित ९ अंक जोड्दै पुछारमा छ। पिएनजी पुछारमा रहँदै प्लेअफ खेल्ने पक्का भएको छ । प्लेअफ अघि राम्रो तयारी चाहन्छ ।
नेपालले दुई साता अघि एसोसियट बलिया टोली स्कटल्यान्ड र नामिबियालाई समान दुवै खेलमा हराएको थियो । युएई भ्रमणमा चार मध्य तीन खेल जितेको थियो । नेपालको मनोबल फेरिएको छ । पछिल्ला ८ मध्य ७ खेल जितेको छ । नेपाल घरेलु मैदान, कन्डिसन र समर्थकको फाइदा उठाउँदै सानदार जित हात पार्न चाहन्छ । घरेलु कन्डिसमा कुनैपनि टोली अतिरिक्त बलियो हुने गर्दछ ।
पिएनजीले यसै साता युएईलाई उसकै घरेलु भूमिका दुवै खेल जितेको थियो । गतवर्ष नेपाललाई दुई खेलको ओडिआई सिरिजमा दुवै खेलमा हराएको थियो । पिएनजी बिना दबाब आफ्नो उत्कृष्ट क्रिकेट खेल्न चाहन्छ । नेपाल पिएनजीदेखि सजक छ । नेपाललाई गल्ती गर्ने कुनै छुट पनि छैन ।
नेपालले स्कटल्यान्ड र नामिबियाविरुद्ध घरेलु मैदान टियुमा तीन खेलमा लगातार २ सय ७० माथिको योगफल पूरा गरेको थियो । टियु ब्याटिङ सहयोगी पिच हुँदा बलरले ध्यान दिनुपर्ने हुन्छ । विशेषगरि नेपालका तीव्र गतिका बलरले पावर प्ले र डेथ ओभरमा कम रन खर्चिनु पर्ने हुन्छ ।
नेपालले आजको खेलमा एक परिवर्तन गर्ने सम्भावना छ । ओपनर कुशल भुर्तेल फिट हुँदा प्रतिश जि।सी बेन्चमा बस्ने सम्भावना छ । कुशल आउट भएपछि प्रतिशले युएईसँगको अन्तिम खेल खेलेका थिए । टियुको पिचमा नेपालले सोमपाल कामी र करण केसीलाई मात्रै तीव्र गतिको बलरमा खेलाउने सम्भावना छ ।
टोलीमा अन्य परिवर्तनको सम्भावना भने छैन । कप्तान रोहित पौडेल, ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीबाट नेपाल मध्यक्रममा राम्रो ब्याटिङ चाहन्छ । यी तीन खेलाडीको युएई भ्रमणमा प्रदर्शन राम्रो थिएन । ओपनर आसिफ शेख र मध्यक्रमका ब्याछर भीम सार्की जिम्मेवारी र ठूलो इनिङ चाहन्छ ।
नेपालको ओपनिङ आसिफ शेख र कुशल भुर्तेलले गर्नेछन् । भुर्तेलले नामिबियाविरुद्ध टियु मैदानमै १ सय १५ रनको शतकीय इनिङ खेलेका थिए । आसिफले दुबईमा पिएनजीविरुद्ध ८६ र टियुमा नामिबियाविरुद्ध ८१ रन जोडेका थिए । यी दुई ओपनरबाट राम्रो सुरुवात चाहन्छ । ज्ञानेन्द्र मल्ल तेस्रो नम्बरमा खेल्नेछन् ।
रोहित पौडेल चौथो नम्बरमा ब्याटिङ गर्नेछन् । टियु मैदानमा रोहितले नामिबियाविरुद्ध पहिलो खेलमा ७२ र स्कटल्यान्डविरुद्ध अन्तिम खेलमा ९५ रनको इनिङ खेलेका थिए । रोहित युएईको प्रदर्शन भुल्दै टियुमा पुरानै लयमा फर्किन चाहन्छन् ।
भीम सार्कीले पाँचौं नम्बरमा ब्याटिङ गर्नेछन् । भीम केहि समय लिएर खेल्न रुचाउँछन् । भीमबाट नेपाल एक इनिङबाट विकेट बचाउँदै रन जोड्ने हुनेछ । कुशल मल्लले छटौं नम्बरमा ब्याटिङ गर्नेछन् । कुशल उच्च लयमा छन् । नेपाल कुशलबाट उनकै आक्रामक शैली ब्याटिङ चाहन्छ ।
दीपेन्द्र सिंह ऐरी र आरिफ शेख टोलीको आवश्यकता अनुसार सातौं र आठौं नम्बरमा खेल्नेछन् । आरिफ र दीपेन्द्र अलराउन्डरको रुपमा टोलीमा खेल्नेछन् । यदि टिमले राम्रो सुरुपात गरेमा दीपेन्द्र अघि खेल्नेछन् । खराब सुरुवात गरेमा आरिफ अघि र दीपेन्द्रले फिनिसरको भूमिका निर्वाह गर्नेछन् ।
टोलीले पनि दीपेन्द्रलाई फिनिसरको भूमिका दिएको छ । त्यसपछि सन्दीप लामिछाने, करण केसी र सोमपाल कामी नेपालको ब्याटिङक्रममा हुनेछन् । खराब प्रदर्शन गर्दा सन्दीप अघि र राम्रो अवस्थामा हुँदा करण अघि खेल्ने निश्चित जस्तैछ । नेपालको प्लेइङ ११ मा सबै ब्याटिङको क्षमता राख्छन् । खराब सुरुवातबाट राम्रो पूनरागमन गर्नसक्छ ।
बलिङमा करण, सोमपाल र सन्दीप प्रमुख तीन बलर हुनेछन् । बाँकी २० ओभर नेपालले दीपेन्द्र, कुशल मल्ल र आरिफबाट गराउनेछ । यदि टिममा आवश्यक परे रोहित र कुशल भुर्तेल स्पिनरको विकल्पमा हुनेछन् ।
यता पिएनजीका असद भाला, चाल्स अमिनी र चाद सोफर प्रमुख खेलाडी हुन् । ओपनर टोनी उरा विष्फोटक ब्याटिङका लागि रुचाउछन् । उरा र किप्लिङ डोरिगा हुनेछन् । यी दुई ओपनर राम्रो लयमा देखिएका छन् । सेसे बाउ, चाल्स अमिनी र असद भाला पिएनजीका मध्यक्रमका ब्याटर हुन् ।
अनिमी र भालाको विकेट निकै महत्वपूर्ण हुनेछ । गतवर्ष अमिनी प्लेयर अफ द सिरिज चुनिएका थिए । नर्मन भानुवा तल्लोक्रममा राम्रो ब्याटिङ गर्ने गर्दछन् । यता तीव्र गतिका बलर चाद सोफर र राइली हेकुरेबाट नेपाल सजग हुनुपर्छ । स्पिनरमा असद भाला घातक बन्नसक्छन् ।
हेड टु हेड स्
नेपालले लिग २ मा चार खेलमा चारमा नै जित हात पारेको छ । नेपाल र पपुवा न्युगिनीबीच कुल ८ खेल भएका छन् । नेपाल ६ र पपुवा न्युगिनी २ ओडिआई खेलमा विजयी भएका छन् । गत वर्ष पपुवा न्युगिनीले नेपाललाई घरेलु मैदानमै ले हराएको थियो ।
मौसम काठमाडौंको आजको न्युनतम तापक्रम ११ डिग्री सेल्सियस र २१ डिग्री सेल्सियस रहनेछ । दिउँसो १२ बजेदेखि बेलुका ६ बजेसम्म हल्का वर्षाको सम्भावना छ । सुरुमा २० प्रतिशत वर्षाको सम्भावना छ । दिउँसो दिउँसो ३ देखि ५ बजेसम्म ३४ देखि ४० प्रतिशत सम्म वर्षाको सम्भावना छ ।
लाइभ लाइभ नेपालमा कान्तिपुर टेलिभिजनबाट हेर्न सकिनेछ । टिकट मूल्य १ सय २० रुपैयाँ तोकिएको छ ।
नेपालको टोली
रोहित पौडेल कप्तान, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख ९विकेटकिपर०, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, भीम सार्की, कुशल मल्ल, सन्दीप लामिछाने, गुलशन झा, आरिफ शेख र प्रतिश जि।सी। ।
अंक तालिका
स्कटल्यान्ड ३६ खेलमा २४ मा जित र १० मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा रहँदै अन्त्य गर्यो । ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो अन्त्य गरेको छ । नामिबिया ३६ खेलमा १९ मा जित र १६ मा हारका साथ ३९ अंकका साथ तेस्रो स्थानमा छ ।
अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ । नेपाल ३२ खेलमा १५ मा जित र १५ मा हारसहित ३२ अंकका साथ पाँचौं स्थानमा छ । युएई ३२ खेलमा १४ मा जित र १५ मा हारसहित ३१ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी ३२ खेलमा ४ मा जित र २७ मा हारसहित ९ अंक जोड्दै पुछारमा छ।