Kanakai Online

महिला फुटबल प्रतियोगिताको उपाधि आयोजकलाई


बुधवार, फागुन २४, २०७९ |

कनकाई अनलाईन
विश्व नारी दिवशको अवशर पारेर आयोजित झापा जिल्ला स्तरीय
महिला फुटबलको उपाधि आयोजक कनकाई नगरपालिकाको
महिला फुटबल टिमले जितेको छ ।


विश्व नारी दिवशको अवशरमा आयोजित फाईनल खेलमा आयोजक
कनकाई महिला फुटबल टिमले प्रथम स्थान हासिल गर्दै नगद
७५ हजार रुपैँया प्राप्त गर्यो । उपबिजयी हुने जुनतारा
फुटबल क्लव अर्जुनधाराले नगद ५० हजारमा चित्त बुझायो ।
आयोजकले अर्जुनधारालाई ३—० गोल अन्तरले पराजित गरेको
हो । आयोजकका तर्फबाट अनिता लम्जेलले २ गोल र सहारा
दाहालले थप १ गोल गर्नुभयो । प्रतियोगिताको ओम्यान अफ द
म्याच आयोजक टिमकी २ गोलकर्ता अनिता लम्जेल हुनुभयो भने
सर्वाधिक गोलकर्ता लक्ष्मी श्रेष्ठ, प्लेयर अफ द टुर्नामेन्ट
खुश्मा राई, उत्कृष्ट गोलकिप्पर रन्जु राजवंशी आयोजक
टिमकै हुनुभयो । उहाँहरु सबैले नगद ३ हजार रुपैँया प्राप्त
गर्नुभयो ।


बिजयी तथा उपबिजयी हुने सबै टिमलाई संविधानसभाकी
उपसभामुख इन्दिरा थापामगरद कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेल, समाजसेवी शेरबहादुर थापा, राखेप झापा अध्यक्ष प्रसान्त भण्डारी लगायातले नगद तथा शिल्ड प्रदान गर्नुभयो
। कार्यक्रममा बोल्नुहुदै महिलाहरुसमेत खेलक्षेत्रबाट देशका
लागि नाम र दाम दुबै कमाउन सक्ने अवस्थामा पुगिसकेको बताउँदै
आफुले हुर्काएका अनाथ वालवालिकाले समेत अहिलेपनि राष्ट्रिय
टिमको प्रतिनिधित्व गरिरहेको भन्दै उचित वातावरण पाएको खण्डमा
महिला खेलाडीले जुनसुक्कै अवस्थामा देशको प्रतिनिधित्व गर्न
सक्ने बताउँनुभयो । उपसभामुख मगरले विश्वमा देखिएको जलवायु

परिवर्तनको असर नेपालमा समेत तीव्र गतिमा वढिरहेको भन्दै यसलाई
रोक्न सबै क्षेत्र र देशको भुमिका अहम हुने समेत बताउँनुभयो ।
कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा झापाको कनकाई
नगरपालिका सुरुङ्गामा आयोजित फुटबल खेलमा झापाका ८
टिमको सहभागिता रहेको थियो