कनकाई अनलाईन ।
कनकाई । सुर्य भगवानको आरधना गर्दै विश्वभका हिन्दु धर्मालम्बीहरुको मनाउँदै आएको परम्परागत छठ पुजाको विहिवार बेलुकी अस्ताउँदो सुर्यलाई अर्ग दिएर सुरु गरिएको छ । झापाको पवित्र कनकाई नदिको दुवै तर्फ समेत छठ पुजा सेवासमितिको व्यवस्थित आयोजनामा सुर्य पुजा गरि सुरुवात गरिएको छ । कनकाई छठ पुजा सेवा समाजको आयोजनामा माईको पूर्वतटमा पुजाको आयोजना गरिएको छ ।
पुजा पूर्व सेवा समाजका सयौं भक्तजनहरुले विभिद झाँकी सहित सुरुङ्गा बवार परिक्रमा गरि कनकाई माईको घाटसम्म पुगेको थियो । पुजाको उद्घाटन भने श्रीगौलाक गोवर्धन गौशला सतासीका संस्थापक धर्मगुरु श्री नन्दकिश्वर भारदजले गरेका थिए । उद्भाटन कार्यक्रममा कनकाई नगरपालिकाकी उपप्रमुख मञ्जुप्रसाई, कांग्रेस नेता देउकुमार थावे, लायन्स क्लब अफ कनकाई सुरुङ्गा चार्टर प्रेसिडेन्ट तथा जोन चियर पर्शन लीलाप्रसाद चिमरिया, कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष कुमारमणी पोखरेल लगायतले मन्तव्य राखेको कार्यक्रम संस्थाको अध्यक्ष पवन कुमार शाहको सभापतित्वमा सम्पन्न भएको थियो ।
कार्यक्रममा छठपुजा सेवा समाजका संस्थापक अध्यक्ष उपेन्द्र प्रधानले संस्थाको ऐतिहाँसिक महत्व सहित कार्यक्रमको औचित्यमाथी प्रकाश पारेका थिए ।
सोहि अवसर पारेर संस्थाकी जेष्ठ अभिभावकका रुपमा श्रीमती पारोदेवी महासेठलाई सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान समेत गरिएको थियो । संस्थाको सदस्य रविन्द्र गुप्ताले स्वागत गरेको कार्यक्रको सञ्चालन महासचिव खगेन्द्र महत्तो र सचिव दिपेन्द्र प्रधानले संयुक्त रुपमा गरेका थिए ।
यसै गरी छठपुजा सेवा समितिको आयोजनामा स्थानिय सुरुङ्गा डान्स सेन्टर तथा राष्ट्रिय कलाकारहरु द्वारा साँझमा विशेष सांगितिक कार्यक्रमको सञ्चालन भने कलाकार राजेश घतानी र सञ्चारकर्मी डिल्लीराम घोर्साईले गरेका थिए । शुक्रवार विहान उदाउँदो सुर्यलाई अर्ग दिएर प्रसाद वितरण पछी पुजा समापन हुने कनकाई छठ पुजा सेवा समिति २०७४ का संयोजक शिवसंकर महासेठले बताए । कनकाईको विरिङ्ग नदिमा समेत छठ पुजा सेवा समितिको आयोजनामा सास्कृतिक कार्यक्रमका सहित पुजाको आयोजना गरिएको छ ।