कनकाई अनलाईन
पुराण वा महायज्ञ भन्ने वितिक्कै जोकोही पनि जान डराउने अवस्था श्रृजना भएको छ । अझ आर्थिक संकलनको उद्धेश्य राखेर लगाइने पुराणहरु चन्दा उठाउँने माध्यम बनेको उदाहरण हाम्रै घरगाउँमा उदाहरण रहेको छ । तर आगामी फागुन २९ गतेदेखि चैत्र ६ गतेसम्म कनकाई नगरपालिका १ स्थित कालिका शक्तिपिठमा ज्ञान बाढने उद्धेश्यले मैनाली समाज नेपाल जिल्ला समिति झापाले अहोरात्रिय युगल नारायण महायज्ञ लगाइने भएको छ । ७ दिन ८ रातसम्म निरन्तर हुने महायज्ञमा २४ जना बाह्रमणद्धारा निरन्तर नारायण गान गरिने र यो महायज्ञ झापामै प्रथमपटक लगाइन लागेको मुल आयोजक समितिका संयोजक मीनप्रकाश मैनालीले बताउँनुभयो ।
पुराण सक्दा करिव २० लाख रुपैँया लाग्ने आयोजकको अनुमान छ । तर पुराणका माध्यमबाट आर्थिक संकलन भने नगरिने भक्तजनहरुले आफ्नो इच्छाले दिएको दानबाट सो रकम नपुगे मैनाली समाजका सदस्यहरुबाट संकलन गरिने समेत मैनाली समाज नेपालका केन्द्रिय अध्यक्ष डिल्लीराम मैनालीले बताउँनुभयो । दैनिक हजार जनासम्म भक्तजनहरुले उक्त धार्मिक कार्यक्रम महायज्ञमा सहभागिता जनाउने लक्ष्य राखिएको र नेपालका धेरै जिल्लाहरुबाट समेत भक्तजन महायज्ञमा सहभागिता जनाउने आयोजकको भनाई छ । महापुराणको लक्ष्य भने समस्त पितृहरुको उद्धारको साथमा देशमा धार्मिक ज्ञान बाढ्ने रहेको समेत पत्रकार सम्मेलनमा सचिव डिल्लीराम मैनालीले जानकारी दिनुभयो ।
मैनाली समाजको यस महायज्ञ सार्वजनिक भएरपनि ज्ञान वाढने उद्धेश्य रहेका बताए पछि सर्वत्ररुपमा धर्मको रक्षा र समाजलाई सत्कर्मका लागि भन्दै चर्चा गरिदै आएको छ । कसैले सहयोग गरेको खण्डमा रसिद दिएपनि माइकिङ्ग र होहल्ला नगरिने र जति रकम सहयोग गरेपनि समान रुपमा व्यावहार गरिने समेत पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । अन्य पुराणमा रकमका आधारमा भक्तजन र दातालाई कुर्सी आसन र बग्गीमा समेत घुमाइने पञ्चेबाजासहित नगर परिक्रमा जस्ता धार्मिक विकृति रहदै आएको बेला मेनाली समाजको यस पुराणलाई धर्म परम्परा र सस्कारको संरक्षण गर्ने महान कार्यका रुपमा हेरिएको छ ।