कनकाई अनलाईन
नेकपा एमालेकी झापा जिल्ला उपसचिव चन्द्रमाया श्रेष्ठले पार्टी परित्याग गर्नुभएको छ ।
पार्टी नेतृत्व स्वच्छचारी र विचार सुन्य गतिमा चलेको आरोप लगाउँदै श्रेष्ठले केही अग्रज कार्यकर्ता सहित पार्टी परित्यागको घोषणा गर्नुभएको हो ।
चन्द्रगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै उपसचिव श्रेष्ठले १८ बुँदे आरोप लगाउँदै झापामा एमाले छोड्ने लहर चल्ने समेत दावी गर्नुभएको छ । श्रेष्ठले तीन दशक लामो कम्युनिस्ट यात्रा अव स्वतन्त्र वाम भएर अगाडि बढ्ने बताउँनुभएको हो । श्रेष्ठ भद्रपुर नगरपालिकाकी पुर्व उपप्रमुख समेत रहनुभएको छ ।
नेतृ श्रेष्ठले नेकपा एमाले तमाम कम्युनिस्ट कार्यकर्ताको रगत पसिनाले निर्माण भए पनि पछिल्लो समय केही व्यक्तिको गुट गिरोह र प्राइभेट कम्पनीमा रूपान्तरण हुँदै जाँदा अग्रज कार्यकर्तामाथि अपमान भइरहेको दुखेसो समेत पोख्नुभएको छ । उहाँले झापा क्षेत्र नम्बर ३ राजावादीको पोल्टामा पाटी नेतृत्वले सुम्पेकै कारण एमालेविहिन हुँदै गएको समेत आरोप लगाएकी लगाउनुभएको छ । श्रेष्ठको साथमा एमालेका अन्य कार्यकर्ताहरु एमालेका प्रदेश कमिटी सदस्य पदम थापा, ३ नम्बर क्षेत्रिय सदस्य सज्जाद आलम, बाह्रदशी गाउँपालिकाका सचिवालय सदस्य रहिम मिया, बाह्रदर्शी गाउँपालिका सदस्य हवालोदिन मियाले समेत एमाले पार्टी छाडेको घोषणा गर्नुभएको छ ।
फोटो ः पत्रकार सम्मेलनमा पार्टी परित्यागको घोषणा गर्दै श्रेष्ठ
Trending
- चारतला माथिबाट खसेर मजदुरको मृत्यु
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा