जनक न्यौपाने/जनम कडेँल
बेनुबाजा अंग्रेजी माध्यमिक बिद्यालयको २२ औ बार्षिक उत्सव तथा अभिभावक दिवश विविध सास्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमका बिच सम्पन्न गरिएको छ ।
विद्यालयका अध्यक्ष प्रेमप्रसाद बिमलीको सभापतित्व तथा प्यासनका केन्द्रिय उपाध्यक्ष नारायण घिमिरेको प्रमुख आथित्यतामा आयोजित कार्यक्रममा विद्यार्थीहरुको आकर्षक नृत्य, गायन, नाटक र कराते लगायातको खेल तमासाहरुको प्रदर्शन गरिएको थियो । सोही अवशरमा विद्यालयमा स्थापित रेणुका गंगाराम स्मृति अक्षयकोषद्धारा स्थापित छात्रवृद्धि द्धारा कक्षा ७ मा अध्यानरत् विद्यार्थी आयुशा रानामगरलाई १ बर्षको छात्रवृद्धि प्रदान गरिएको थियो । सोही अवशरमा कनकाई नगरपालिकाबाट सवोकृष्ट भई जिल्ला प्यासनमा छनौटमा परेको नृत्यहरुसमेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा विद्यालयका पिन्सिपल बिनोद सुब्बाले विद्यालयले राम्रो शिक्षाको साथमा विद्यार्थीहरुका लागि अतिरिक्त क्रियाकलाप र खेलकुदको माध्यमबाटै विद्यार्थीको चौतर्फि विकास गर्ने रणनिति लिएको र यसैका आधारमा विद्यालयले जिल्लास्तरीय र नगरस्तरीय खेलकुद र नृत्यमा प्रथम स्थानसमेत प्राप्त गरिरहेको बताउँनुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अथिति प्यासनका केन्द्रिय उपाध्यक्ष नारायण घिमिरेले बेनुबाजा अंग्रेजी विद्यालयले छोटै समयमा विद्यार्थीको अध्यानको साथमा अतिरिक्त क्रियाकलापमा ध्यान दिएर नतिजा समेत निकालिरहेको बताउँदै गाउँमा स्थापित विद्यालयले शहरका विद्यालयलाई समेत पछाडि पारेको भन्दै चाडै दश जोड दुई सम्मका कक्षाहरु सुरुवात गर्न सुझाव दिनुभयो । कार्यक्रममा राष्ट्रिय खेलाडी तथा प्रशिक्षक मदन उप्रतीले समेत विद्यालयले नृत्य र खेलको माध्यमबाट विद्यार्थीको आन्तरिक प्रतिभाको प्रष्फुटनमा मद्धत गरिरहेको बताउँनुभयो । कार्यक्रममा शिक्षासेवी भीम सुब्बा, शिक्षक अभिभावक संघका अध्यक्ष दिपक ढुङ्गेल लगायातले विद्यालयले गुणस्तरीय शिक्षा र अतिरिक्त क्रियाकलापमा कुनै सम्झौता नगरेको बताउँनुभयो ।
कार्यक्रमको स्वागत विद्यालयका सहायक प्रअ रघुनाथ तिम्सिनाले गर्नुभएको थियो भने कार्यक्रमको संचालन शिक्षक विष्णुभक्त दंगाल र विद्यार्थीहरु एलिसा पाठक र समिक्षा मैनालीले गर्नुभएको थियो ।
कनकाई अनलाईनका लागि जनक न्यौपाने र जनम कडेँलको यो रिर्पोट