Kanakai Online

कोशी नाम राखिएकोमा आपत्ति


शुक्रवार, फागुन १९, २०७९ |

कनकाई अनलाईन
संयुक्त लिम्बुवान किरात संघर्ष समिती झापाको आयोजनामा विभिन्न जातिय सस्थाहरुको उपस्थितिमा बिरोध सभा सुरु भएको छ ।
प्रदेश न १ लाई पहिचान बिना को नामकरण कोशी राखेको भन्दै त्यसनामलाई खारेज गरि लिम्बुवान किरात नामङ्कन गर्न भन्दै झापामा सडक आन्दोलन सुरु भएको हो ।
पहिचान खोला नालाहरुले मागेको थिएन खोला नाला जोगाउने काम नागरिकले गरे,पहिचान लिम्बुवान तै नागारिकले मागेको भन्दै झापाको बिर्तामोडमा सडक आन्दोलन सुरु गरिएको छ ।
मुक्तिचौक बिर्तामोडमा भएको बिरोधसभामा किरात याक्थुङ्ग चुम्लुङका झापा अध्यक्ष सेसेहाङ फ्याक, जिल्ला उपाध्यक्ष ,केबलराम राई, आदिवाशी मञ्चका कर्ण राजवंशी, गनगाई कल्याण परिषदका केन्द्रिय उपाध्यक्ष सन्तोस गणेश, आदिवाशी जनजाति नेता सोनम कोच,आदिवाशी जनजाति निर्वतमान जिल्ला अध्यक्ष भरतकुमार श्रेष्ठ, जसपा झापा अध्यक्ष दिपेनवाला राई,जनमुक्तिका केन्द्रिय सचिव नगेन्द्र आङ्बोहाङ, संघिय लिम्बुवान प्रान्तिय उपाध्याक्ष ज्ञानु इम्बुङ लगायातका बक्ताले बोल्नुभएको थियो । कार्यक्रमको संचालन लिम्बुवान मञ्च राजा आङ्थुपोले गर्नुभएको थियो । यसैविच झापाको दमक र इलाममा समेत विरोधसभा गरिएको छ ।

सम्बन्धित खबर