कनकाई अनलाईन
दुबई – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आज घरेलु टोली युनाइटेड अरव इमिरेट्स युएई सँग खेल्दैछ । खेल नेपाली समय अनुसार मध्याहन्न ११ स् ४५ मा दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुनेछ ।
नेपाल आइसिससी विश्वकप लिग(२ मा लगातार छैटौं जित निकाल्ने सोचमा हुनेछ । नेपालले दुबईमा पहिलो खेलमा पपुवा न्युगिनीलाई ४ विकेटले हराएको थियो । २ सय ४ रनको विजयी लक्ष्य नेपालले ४५।२ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो । ओपनर कुशल भुर्तेल ६९ बलमा ५५ रन बनाउँदै प्लेयर अफ द म्याच चुनिएका थिए ।
नेपालले पहिलो खेलमा चार तीव्र गतिका बलरलाई मैदान उतारेको थियो । दुबईको पिच र कन्डिसनलाई हेर्दा आजको खेलमा पनि तीन प्रमुख तीव्र गतिका बलर नेपालको टोलीमा खेल्ने पक्का छ ।
नेपालले आज एक प्रमुख स्पिनर खेलाउन सक्छ । स्पिनर सन्दीप लामिछाने बुधबार दिउँसो युएई आइपुगेका छन् । उनी आजको खेलमा उपलब्ध हुन्छन् वा हुँदैनन् निश्चित छैन । कुनैपनि खेलाडी परिवर्तन गर्न एकदिन अघिनै आइसिसीले स्वीकृति दिएको हुनुपर्छ । त्यस्तै टेक्निकल कमिटीले एकदिन अघि अन्य टोलीलाई पनि जानकारी दिनुपर्छ । त्यसैले सन्दीपको अन्यौल देखिन्छ ।
एक स्पिनर खेलाउन नेपालले गुलशन झा र प्रतिश जि।सी मध्य एकलाई बेन्चमा राख्नेछ । गुलशनले पहिलो खेलमा ९ ओभरमा २८ रन खर्चेर ३ विकेट लिएका थिए । प्रतिशले ६ ओभरमा ३७ रन खर्चेर १ विकेट लिएका थिए । गुलशन र प्रतिश दुवै राम्रो ब्याटिङ पनि गर्दछन् । प्रशिक्षक मोन्टी देशाईलाई खेलाडी छनोट गर्न सहज हुनेछैन ।
आसिफ तालमेल नमिल्दा ४४ रनमा रन आउट भएका थिए । रन आउटको गल्ती भने गर्नु हुँदैन । तेस्रो नम्बरमा अनुभवी खेलाडी ज्ञानेन्द्र मल्ल छन् । ज्ञानेन्द्रबाट नेपाल राम्रो प्रदर्शन चाहन्छ । चौथो नम्बरमा कप्तान रोहित पौडेल खेल्नेछन् । नेपालको ब्याटिङका रोहित खम्बा हुन् ।
त्यसपछि परिस्थीति अनुसार नेपालले ब्याटिङ गराउनेछ । नेपालको ब्याटिङमा गहिराई छ । पहिलो खेलको टोली हेर्दा सबै खेलाडी राम्रो ब्याटिङ गर्दछन् । टोलीले खराब प्रदर्शन गर्दा आरिफ शेख र दीपेन्द्रसिंह ऐरीलाई अघि खेलाउन सक्छ ।
राम्रो अवस्थामा विष्फोटक अन्त्यको लागि कुशल मल्ललाई अघि खेलाउन सक्छ । पछिल्ला खेलमा कुशल मल्लले पाँचौं नम्बरमा ब्याटिङ गर्दै उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।
पाँचौं, छैटौं र सातौं कुशल, दीपेन्द्र र आरिफ रहनेछन् । त्यसपछि करण केसी, सोमपाल कामी र गुलशान झा हुनेछन् । स्पिन आक्रामणमा दीपेन्द्र र कुशल मल्ल पार्टटाइमको रुपमा रहनेछन् ।
आवश्यक परे रोहित अफ स्पिन र कुशल भुर्तेल लेग स्पिन गर्न सक्छन् । आरिफ तीव्र गतिका बलरमा नेपालको पार्टटाइम विकल्प हुनेछन् । नेपालको ब्याटिङ १० नम्बर सम्म हुनेछ । कमजोर सुरुवात हुँदा पनि राम्रो पूनरागमन गर्न सक्ने ब्याटिङक्रम टोलीमा छ ।
नेपालको सम्भावित प्लेइङ ११ स्
कुशल भुर्तेल, आसिफ शेख ९विकेटकिपर०, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल ९कप्तान०, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, गुलशन झा र ललितनारायण राजवंशीरसन्दीप लामिछाने ।