कनकाई अनलाईन
झापाको भद्रपुरमा जारी प्रथम भद्रपुर झापा गोल्डकपको उपाधि विभागिय टिम त्रिभुवन आर्मीले जितेको छ ।
मंगलवार भद्रपुरको मेची रङ्गशालामा भएको फाईनल खेलमा गत सिजनको लिग बिजेता टिम मछिन्द्र फुटबल क्लवको चुनौती ट्राईब्रेकरमा पछाउन्दै आर्मीले उपाधि रक्षा गरेको हो । उपाधिसगै आर्मीले नगद १३ लाख रुपैँया प्राप्त गरेको छ । उपबिजेता बनेको मछिन्द्रले नगद ७ लाखमा चित्त बुझायो । यो जितसगै आर्मीले केहिदिनमै सुरु हुन लागेको लिगका लागि तयारी रहेको जनाएको छ ।
खेल अवधिभर र थप समय दुबै टिमले गोल रहित बराबरीमा खेलेपछि खेलको छिनोफानो ट्राईब्रेकरमा गरिएको थियो । आर्मीले ४—३ गोल अन्तरले बिजयी बनेको हो । आर्मीको दिपेन्द्र कार्की, सन्तोस केसी, रिपु भुसाल र सुसान्त चौधरीको प्रहार गोलमा परिणत हुदा आर्मीका सेसेहाङ आङदेम्बेको प्रहार आर्मीका गोलरक्षक समित श्रेष्ठले बचाउनुभएको थियो । मछिन्द्रका दिवाकर चौधरी, टिम क्याप्टेन सुजल श्रेष्ठ र दिपेश घलेको प्रहार गोलमा परिणत हुदा मछिन्द्रका भरपर्दा खेलाडीहरु रेजिन धिमाल र देबेन्द्र तामाङ्गको प्रहार आर्मीका गोलरक्षक समित श्रेष्ठले रोक्नुभएको थियो ।
खेलमा उत्कृष्ट गोलरक्षक आर्मीका समित श्रेष्ठ बन्नुभयो । र उत्कृष्ट गोलकर्ता मछिन्द्रका सुजल श्रेष्ठ र चर्च ब्वाईजका आशिस चौधरी बन्नुभयो । उदयमान खेलाडी मछिन्द्रका सौरव राई बन्नुभयो । उत्कृष्ट कोच आर्मीका राजु तामाङ हुनुभयो । प्रतियोगिताकै सर्वोकृष्ट खेलाडी मछिन्द्रका क्याप्टेन सुजन श्रेष्ठले प्राप्त गर्नुभयो । श्रेष्ठले नगद १ लाख र अन्य विधागत सर्वोकृष्ट खेलाडीले नगद २५ हजार रुपैँया प्राप्त गर्नुभयो । यसैबीच, आयोजकले लाइफ टाइम अचिभमेन्ट अवार्ड स्वरुप पूर्वफुटबलर गम्भीर राईलाई एक थान टिभिएस मोटरसाइकल प्रदान गरेको थियो ।
खेल अवधिभर दुबै टिमका एक दर्जन प्रहारहरु गोलमा परिणत नहुदा खेल ट्राईब्रेकरमा धकेलिएको थियो । तनावपुण खेलमा आर्मीका सुदिल राई र मछिन्द्रका ओमेलाजा करिम रेडकार्ड खादै मैदान बाहिरिदा खेलको ७३ मिनेटबाट दुबै टिम १०÷१० खेलाडीमा सिमित बनेका थिए ।
खेलको चौथो मिनेटमा आर्मीले पाएको कर्नर प्रहारमा आर्मीका सुरज बस्नेतको हेड थोरै माथिबाट बाहिरिएको थियो । खेलको ३५ औ मिनेटमा मछेन्द्रका क्याप्टेन सुजल श्रेष्ठको फाउल प्रहार थोरै गोलपोष्ट माथिबाट बाहिर जादा मछिन्द्र अग्रता बनाउनबाट चुकेको थियो । खेलको ४३ औ मिनेटमा मछिन्द्रका खेलाडी सौरव लिम्बु वान भर्सेस वानमा चुक्दा अग्रता बनाउन सकेन । खेलको ५५ मिनेटमा मछिन्द्रका खेलाडी छिरिङ गुरुङको प्रहार आर्मीका गोलरक्षक श्रेष्ठले बचाउँनुभयो । खेलमा आर्मीमाथि मछिन्द्रले दवावमा राखेपनि खेल भने आर्मीले जितेको छ ।
े