कनकाई अनलाईन
झापाको कनकाई नगरपालिकाको विभिन्न विद्यालयहरुमा भएको १३ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । अजुनधाराले कुल ११ स्वर्ण पदक सहित उपाधि रक्षा गरेको हो । अर्जुनधाराले एक्लेथिक्समा मात्रै ७ स्वर्ण पदम जितेको छ । यसैगरि उसुमा २ स्वर्ण र तेकान्डोमा २ स्वर्णपदक जितेको छ । अर्जुनधाराले यो जितसगै नगद २५ हजार र शिल्ड समेत प्राप्त गरेको छ ।
यसैगरि भद्रपुर नगरपालिकाले ८ स्वर्ण पदम जित्दै दोस्रो उपाधि रक्षा गरेको छ । भद्रपुरले एलेथिक्समा ४ स्वर्ण , कवड्डीमा १ स्वर्ण, उसुमा १ स्वर्ण र ताइकक्डोमा २ स्वर्ण हात पारेको छ । यसैगरि हल्दिवारीले ७ स्वर्ण सहित तेस्रो स्थान हासिल गरेको छ । जसमा एक्लेटिक्समा २ स्वर्ण र करातेमा ५ स्वर्ण प्राप्त गरेको छ । चौथो स्थानमा मेचीनगरले ५ स्वर्ण र पाचौ स्थानमा समेत ५ स्वर्णका साथ बिर्तामोड नगरपालिका बनेको छ । दुबैले समान स्वर्ण पदम पाएपनि रजत पदक बढी जितेको आधारमा मेचीनगरले चौथो स्थान हासिल गरेको खेल प्रशिक्षक गोपाल यादवले बताउँनुभयो ।
यसैगरि कनकाई नगरपालिकाले समेत यस प्रतियोगितामा ३ वटा स्वर्ण पदम जित्न सफल बनेको छ । कनकाई नगरपालिकाले एलेथिक्समा १ स्वर्ण र करोतेमा २ स्वर्ण जित्न सफल बनेको छ । प्रतियोगिताको बिजयी खेलाडीहरुलाई कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले ट्रफि तथा प्रमाण प्राप्त गर्नुभएको थियो ।
झापाका विभिन्न १५ पालिकाबाट छनौट भएका बिद्यालय स्तरका १८ बर्ष मुनिका बिद्यार्थीहरुको प्रतिस्पर्धामा सहभागि भएका थिए । प्रतियोगीतामा भलिबल , कबड्डी , एथलेटिक्स र मार्शल आटर्स गरि ४ समुहका १८ वटा फरक फरक प्रतिस्पर्धाबाट छनौट भएका प्रत्यक पालिकाका ९२ खेलाडिको प्रतियोगितामा सहभागिता रहने र जम्मा १३ सय ८० खेलाडिहरुले प्रतिस्पर्धा गरेको कनकाई नगर खेलकुद विकास समतिका संयोजक जविन तिम्सिनाले बताउँनुभयो ।