कनकाई अनलाईन
झापाको सुरुङ्गामा महिलाहरुको जिल्ला स्तरीय महिला फुटबल खेल हुने भएको छ ।
कनकाई खेलकुद प्रतिष्ठानको आयोजना तथा कनकाई नगरपालिकाको आर्थिक सहयोगमा हुन लागेको महिला फुटबलमा कनकाई नगरपालिका सहित झापाका ८ टिमको सहभागिता रहने आयोजक कनकाई खेलकुद प्रतिष्ठानका अध्यक्ष छबि थपलियाले पत्रकार भेटघाटको आयोजना गरि जानकारी दिनुभएको छ ।
आगामी फागुन १७ गतेदेखि २४ गतेसम्म कनकाई माविको खेल मैदानमा हुने फुटबल खेलमा आयोजक सहित छिमेकी पालिकाहरुको सहभागिता रहने छ ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद ७५ हजार रुपैँया तथा दोस्रो हुने टिमले ५० हजार रुपैँया प्राप्त गर्ने छन ।
प्रतियोगिता संञ्चालन गर्न कुल ५ लाख ४ हजार ५०० रुपैँया खर्च लाग्ने र सबै खर्च कनकाई नगरपालिका, कनकाई नगर खेलकुद समिति, स्थानीय समाजसेवी विरेन्द्र मैनालीलगायातका दाताहरुबाटै संकलन गरिने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । प्रतियोगिताको उदघाटन कनकाई नगरप्रमुख रोजेन्द्रकुमार पोखरेल र फाइनल खेलको प्रमुख अतिथि उपसभामुख इन्दिरा रानामगरले गर्ने बताइएको छ ।
Trending
- चारतला माथिबाट खसेर मजदुरको मृत्यु
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा