बिर्तामोड समाचारदाता
प्रेस सेन्टर झापाको नवौ जिल्ला अधिवेशनबाट राजु पाठकको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
झापाको कनकाई नगरपालिका सुरुङ्गामा भएको सेन्टरको अधिवेशनले पाठकको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा सन्तोस शर्मा र होमप्रसाद अधिकारी महिला उपाध्यक्षमा शर्मिला पुरी सचिवमा पुष्प खडका, सहसचिवमा सुमित भण्डारी र विरेन्द्र सुब्बा र कोषाध्यक्षमा केशव चापागाई सर्वसम्मत चयन हुनुभएको छ ।
यसैगरि सदस्यहरुमा टिकाराम वास्तोला, दर्पण शर्मा, प्रेमबहादुर तामाङ, रत्न बुडाथोकी, बालदिवश तामाङ, पर्वत तामाङ र भोला तिम्सिना रहनुभएको छ ।
अधिवेशनको उदघाटन गर्दै पुर्व सुचना तथा संञ्चार प्रविधिमन्त्री तथा माओवादी केन्द्रका केन्द्रिय सचिव राम कार्की पार्थले २३८ बर्षको शाही सक्ता ढलिसकेको अवस्थामा समेत झापाबाटै फेरि राजाले झापाबाटै राजसंस्था व्युत्याउछु भनेर घरदैलो गरिरहेको भन्दै झापाबाटै प्रतिगमनको आन्दोलनको सुरुवात समेत भइरहेको संकेत मिलेको भन्दै पत्रकारिता र सचेत वर्गले यसवारेमा समेत खबरदारी गर्नु अपरिहार्य बनिसकेको बताउँनुभयो ।
कार्यक्रममा माओवादी केन्द्रका प्रदेश उपाध्यक्ष मणिकुमार साम्पाङ्ग बिजय, प्रेस सेन्टरका केन्द्रिय उपाध्यक्ष विवेक गौतम, केन्द्रिय सचिव बिमल लामिछाने, प्रेस युनियानकी केन्द्रिय सचिव रेजिना गौतम, प्रेस सेन्टरको प्रदेश अध्यक्ष विनोद घिमिरे, पत्रकार महासंघका जिल्ला उपाध्यक्ष केशव भट्टराई, चौतारीका जिल्ला अध्यक्ष मनकुमार गदाल, फोनिजकी जिल्ला अध्यक्ष भुमिका सुब्बा सुकेडाँगी सामुदायिक वन समुहकी अध्यक्ष शान्ता घिमिरे लगायातले शुभकामना मन्तव्य राख्नुभएको थियो । सुकेडाँगी सामुदायिक वन समुहको सभाहलमा भएको कार्यक्रममा स्वागत प्रेस सेन्टरका जिल्ला उपाध्यक्ष सुष्मा कुमालले र संचालन सचिव उद्धव पुरीले गनुभएको थियो । कार्यक्रम जिल्ला अध्यक्ष झुलन रेग्मीको सभापतित्वमा सम्पन्न भएको थियो ।