टीकाराम बास्तोला
कनकाई अन्लाईन र झापा जिल्ला खेलकुद विकास समितिको आयोजना र कनकाई नगर खेलकुद विकास समितिको समन्वयमा १३औँ राष्ट्रपति रनिङ्ग शिल्ड झापा जिल्ला स्तरीय अन्तर विद्यालय खेलकुद प्रतियोगिता झापाको कनकाई नगरपालिकामा आज शुक्रबार बाट सुरु हुने भएको छ ।
प्रतियोगिता कनकाई नगरपालिका स्थित कनकाई माध्यमिक बिद्यालयको खेल मैदान , पशुपति अङ्ग्रेजी माध्यमिक बिद्यालय को प्राङ्गण र ग्लोबल एडुकेयर एकेडेमीको खेल मैदानमा फागुन १२ गतेदेखि सुरु भई फागुन १४ गते सम्पन्न हुने बिहिवार कनकाई माविमा गरिएको पत्रकार सम्मेलन मार्फत जिल्ला खेलकुद समितिका प्रवक्ता तथा खेलकुद संयोजक जगन कार्की दुर्वासाले जानकारी गराएका छन । कनकाई माविको खेलमैदानमा एथलेटिक्सका सबै खेलहरु , पशुपति अङ्ग्रेजी बिद्यालयमा कवड्डी र मार्शल आर्ट र ग्लोबल एडुकेयर एकेडेमीको खेलमैदानमा भलिवल खेल खेलाईने पनि प्रवक्ता कार्कीले जानकारी गराएका छन ।
बिद्यालय स्तरका १८ बर्ष मुनिका बिद्यार्थीहरुको प्रतिस्पर्धा गराए खेलाडी उत्पादन गर्ने अभियानको रुपमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता गरिदै आएको वताउदै जिल्लाका १५ वटै पालिकामा यसअघि पहिलो चरणमा सम्पन्न भएको पालिका स्तरीय प्रतियोगीता बाट भलिबल , कबड्डी , एथलेटिक्स र मार्शल आटर्स गरि ४ समुहका १८ वटा फरक फरक प्रतिस्पर्धाबाट छनौट भएका प्रत्यक पालिकाका ९२ खेलाडिको प्रतियोगितामा सहभागिता रहने र जम्मा १३ सय ८० खेलाडिहरुले प्रतिस्पर्धा गर्ने जिल्ला खेलकुद विकास समित सदस्य सिएम खनालले जानकारी दिएका छन ।जिल्ला स्तरिय यस प्रतियोगितामा प्रथम हुने खेलाडी तथा टिम इभेन्टमा १र१ टिम प्रदेश स्तरीय प्रतियोगितामा सहभागी गराईने र प्रदेश बाट प्रथम हुने खेलाडीलाई यहि चैत्रमा आयोजना हुने राष्ट्रपति रनिङ्ग शिल्ड राष्ट्रिय प्रतियोगितामा सहभागी गराईने पनि खनालले पत्रकार सम्मेलनमा जानकारी गराएका छन ।