कनकाई अनलाईन
झापाको भद्रपुरमा जारी भद्रपुर झापा गोल्डकमा विभागीय टीम त्रिभुवन आर्मी क्लव सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिहीवार भएको खेलमा पाहुना टोली भुटानको पाहुना टोली ड्रक ल्हायुल एफसी क्लवलाई २—० गोल अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लव बिजयी बनेको हो ।
आर्मीका लागि जितेन्द्र कार्की र सुशान्त चौधरीले एक÷एक गोल गर्नुभयो । खेलको तेस्रो मिनेटमै आर्मीका लागि जितेन्द्र कार्कीले गोल गर्दै आर्मीलाई खेलमा अग्रता बनाउँनुभयो । पेनाल्टी एरिया नजिकै आर्मीले पाएको फ्रिकिकको सदुपयोग गर्दै तेस्रो मिनेटमा जितेन्द्र कार्कीले गोल गर्नुभयो । कार्कीले गरेको फ्रिकिक भुटानको गोलकिप नावल जाम्पेलले सहजै नियन्त्रणमा लिन नसक्दा गोल भएको थियो ।
१—० गोल अन्तरले पछाडि परेको भुटानी टीमले खेलको ६४ औँ मिनेटमा आर्मीका सुशान्त चौधरीले अर्को गोल गर्दै जित सुनिश्चित गरेका थिए । बारमा ठोकिएर फर्किएको बललाई पेनाल्टी एरियामा रहेका चौधरीले गोल गर्नुभएको थियो ।
सुरुवातमै गोल खाएपछि दबाबमा रहेको भुटान पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा क्वार्टर फाइनलबाटै घर फर्कनुप¥यो । खेलमा भुटानको डिफेन्स लाइन निकै कमजोर देखिन्थ्यो ।
जितसँगै आर्मीले फाइनल प्रवेशका लागि शनिबार संकटा क्लबसँग प्रतिस्पर्धा गर्ने छ ।
बिहीबारको खेलको प्लेयर अफ द म्याच आर्मीका जितेन्द्र कार्की घोषित हुनुभयो । कार्कीले नगद २० हजार पुरस्कार पाउनुभयो ।
शुक्रबारको खेल विभागीय टोली एपिएफ फुटबल क्लब र काउवार्न बजार प्रगति संघ, ढाका बंगलादेशबीच हुने आयोजक भद्रपुर झापा गोल्डकपका महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
गोल्डकपको विजेता टोलीले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ पाउने आयोजक समितिका अध्यक्ष दिपेश ढकालले जानकारी दिए । प्रतियोगिताको प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २० हजार पाउनेछन् ।
उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता, उदयमान खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, फाइनल खेलको पहिलो गोलकर्ता र प्रशिक्षकलाई २५ हजार दिइने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ दिइने आयोजकले जानकारी दिएको छ ।
फोटो ः प्रतिस्पर्धा गर्दै रातो जर्सीमा त्रिभुवन आर्मी र भुटानको टिम तस्वीर लीलाराज खडका