कनकाई अनलाईन
झापा बिर्तामोड मुक्ति चौकमा मंगलवार आफ्नै शरिरमा पेट्रोल खन्याएर आत्मदह गर्न खोज्ने झापा बिर्तामोड नगरपालिका ७ का ३४ बर्षिय बिजय चौधरीको मेडिकल व्यावसायी दुर्गा प्रसाईको ट्याटु खोपेको पाइएको छ ।
मंगलवार शरिरमा पेट्रोल खनाएर आत्मदह गर्न खोज्ने चौधरीलाई बाटो हिडनेले बचाएका थिए । उनलाई स्थानीयले अटोमा राखेर नजिक्कै रहेको विएण्डसी अस्पतालमा उपचारमा लगेका थिए । त्यहाँ उपचारका क्रममा उनको दाँया पाखुरीमा दुर्गा प्रसाईको ट्याटु खोपेको पाइएको हो । चौधरीको पछाडिको भाग ढाँड २० प्रतिशत जलेको छ । चौधरीले आफ्ना दाजु पनि दुर्घटनामा परेर अपाङ्ग भएको तथा आफुले बैँकको साँबा ब्याज तिर्न नसकेको कारण पारिवारिक समस्याका कारण आत्मदह गर्न चाहेको बताएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक सुरज कार्कीले बताउँनुभयो ।
चौधरी मेडिकल व्यावसायी दुर्गा प्रसाईका फ्यान रहेको पाइएको छ । उनी केहि महिना अगाडि सम्म प्रसाईको सवारी चालकका रुपमा काम गर्ने गरेको पाइएको छ । हाल भने उनी वेरोजगारै देखिएको प्रहरीको भनाई छ । दुर्गा प्रसाईले यसै सातामात्रै नेपालको पुर्वी क्षेत्र काकडभिट्टाबाट पुर्व राजपरिवारलाई समेत राखेर बैँक तथा बित्तिय संस्था र संघियता विरुद्ध भन्दै अभियानको सुरुवात गरेका थिए । उनी हाल अभियानकै दौरानमा पश्चिमतीर रहेका छन ।
प्रसाईले बैँक तथा वित्तिय संस्था बिरुद्ध देशभर आन्दोलनको घोषणा गनु र उनकै फ्यानले बिर्तामोडमा आत्मदहको प्रयास गनुले प्रसाईकै उक्साहटमा चौधरीले यस काम गरेको हुनसक्ने स्थानीयको अनुमान रहेको छ । चौधरीले शरिरको पछाडिको भागमा आगजनीको प्रयास गरेको पाइएको यद्धपि उनको चाडै उद्धार हुन नसकेको भए मृत्यु हुन सक्ने प्रहरीले बताएको छ । तर, केही महिनादेखि उनी बेरोजगार रहेको बताइएको छ । आत्मदह गनुअघि चौधरीले मादक पदार्थ समेत सेवन गरेको पाइएको प्रहरीको भनाई छ । हाल चौधरीको उपचार भइरहेको छ चौधरीको यस कार्यलाई दुर्गा प्रसाईको अभियानमा जोडेर पनि अनुसन्धान थालिएको प्रहरीको भनाई छ । हाल चौधरीको उपचार भइरहेको छ उपचारपछि अनुसन्धानको सबै क्षेत्रबाट घटनाको सुक्ष्म छानविन हुन्छ प्रहरी अधिकारीको भनाई छ ।