कनकाई अनलाईन
बिर्तामोड । झापाको बिर्तामोडमा मंगलवार दिउसो साढे ४ बजे एक युवाले आत्मदाहको प्रयास गरेका छन् । बिर्तामोड नगरपालिका ७ का ३४ बर्षिय बिजय चौधरीले आफै शरिरमा पेट्रोल छर्किएर आत्मदहको प्रयास गरेका हुन ।
मुक्तिचौकमा शरिरमा पेट्रोल छर्किएर आगो झोसेका चौधरीको ढाडमा आगोले जलेर चोट रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायक उपरिक्षक सुरज कार्कीले बताउँनुभयो । हाल घाईते चौधरीको बिर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचार भैरहेको छ । घाईतेको अवस्था खतरामुक्त रहेको विएण्डसी अस्पतालले जनाएको छ ।
घटनावारे थप अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी प्रमुख कार्कीले बताउँनुभएको छ ।
फोटो आत्मदाह प्रयास गरेको स्थान मुक्तिचौक तस्वीर लीलाराज खडका