कनकाई अनलाईन
प्रदेश सरकारका सडक पुर्वाधार तथा सहरी मन्त्री दुर्गाप्रसाद चापागाईँ सचिनलाई झापास्थित चापागाईँ बन्धु समाजले सम्मान गरेको छ ।
कनकाई नगरपालिका ४ स्थित बन्धु समाजद्धारा विशेष कार्यक्रमका बिच मन्त्री चापागाई र सडक पुर्वाधार तथा सहरी विकास मन्त्रालयका सचिव मोहनराज चापागाईलाई समाजले सम्मान गरेको हो ।
आफ्नो बन्धु समाजमा हालसम्मकै उच्च ओहोदामा पुग्न सफल भएको भन्दै दुबै जनालाई बन्धु समाजका अध्यक्ष योगेन्द्र चापागाईले बताउँनुभयो ।
सम्मानपछि प्रदेश मन्त्री चापागाईले सम्मानले देश र जनताका पक्षमा खुलेर काम गर्नका लागि थप उर्जा मिलेको बताउँनुभयो । राज्यको उच्च ओहोदामा अझैपनि सर्वसाधरणका छोराछोरीहरु पुग्न नपाइरहेको भन्दै लोकतन्त्र र संघियता सबै जाति र वर्गमा समान रुपमा आउन नसकिरहेको मन्त्री चापागाईले बताउँनुभयो ।