Kanakai Online

बिर्तामोडमा अन्तराष्ट्रिय औद्योगिक ब्यापार मेला सुरु, सभामुख घिमिरेद्धारा उद्घाटन


शुक्रवार, फागुन ५, २०७९ |

कनकाई अनलाईन
झापाको बिर्तामोड नगरपालिकामा अन्तराष्ट्रिय औद्योगिक ब्यापार महोत्सव सुरु भएको छ ।
प्रतिनिधिसभामा सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा थापामगरले बिशेष कार्यक्रमका बिच महोत्सवको उद्घाटन गर्नुभयो । आगामी फागुन १५ गतेसम्म सञ्चालन हुने महोत्सवमा नेपाल भारत, पाकिस्तान र बंगलादेशका उत्पादन र प्रविधिसम्बन्धि कुल २३० स्टलहरु रहेको बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले बताउँनुभयो ।
प्रदेश १ कृषि , पर्यटन एवम् औद्योगिक दृष्टिकोणले समेत सुगम स्थल रहेको र यहाँको उत्पादनलाई भारत लगायतका विभिन्न मुलुकमा निर्यातका लागि पहिचान गराउने उद्देश्यले महोत्सवमा प्रर्दशनी गरिने शिवाकोटीले बताउँनुभयो ।
महोत्सवमा अन्तराष्ट्रिय औद्योगिक उपकरण , कृषि तथा जडिबुटी, पर्यटन, दैनिक उपभोग्य वस्तुहरु, हस्तकला तथा तयारी पोशाक, प्रर्दशनमा रहेको छ ।


महोत्सवले कृषि र पर्यटनका साथै औद्योगिक क्षेत्रमा आर्थिक गतिविधिलाई चलायमान बनाउन सहयोग पुग्ने र झण्डै ४५ करोड रुपैयाँ बरावरको आर्थिक कारोवहर हुने अपेक्षा गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक राजु न्यौपानेले बताउनुभयो । उहाँले राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको निजी क्षेत्रले आर्थिक क्षेत्रलाई चलायमान बनाउन अहम भूमिका निर्वाह गर्ने बताउनुभयो ।
महोत्सवलाई उदघाटन गर्दै सभामुख घिमिरेले राजनैतिक अस्थिरता र आर्थिक जर्जरताको यस विषम परिस्थितिमा महोत्सवले देशको आर्थिक स्थिति सुधार र स्थानीय उत्पादनको प्रवद्धनमा महत्वपुर्ण भुमिका खेल्ने बताउँनुभयो । प्राकृतिक स्रोत र साधनका हिसाबले नेपाल धनी देश भएपनि स्रोत साधन परिचालन गर्न नसक्दा देश गरिव भएको भन्दै देशको आर्थिक स्थितिलाई थप मजबुत बनाउनका लागि सरकार र निजि क्षेत्रका उद्यमी व्यावसायीले मिलेर काम गर्नुपने सभामुख घिमिरेले बताउँनुभयो । देशमा रोजगारीको श्रृजना गर्न र आर्थिक क्षेत्रलाई चलायामान बनाउन पनि सरकार र निजि उद्यमी मिलेर जानुको विकल्प नभएको घिमिरेको भनाई थियो । बिर्तामोड क्षेत्र व्यापार व्यावसायका हिसाबले समेत उपयुक्त क्षेत्र भएको सभामुखको भनाई थियो । चिन र बंगलादेशसम्म व्यापार गर्नका लागि सबैभन्दा छोटो नाका झापामै रहेको भन्दै यसलाई भरपुर उपयोग गर्न समेत व्यापारी व्यावसायीलाई सभामुख घिमिरेले अनुरोध गर्नुभयो ।
कार्यक्रममा बोल्दै उपसभामुख इन्दिरा थापामगले महोत्सवले स्थानीय क्षेत्रका उत्पादन र कृषि उत्पादनले महत्व पाउनुपर्नेमा जोड दिनुभयो । समाज रुपान्तरणका लागि समेत यस्ता महोत्सवले भुमिका खेल्ने भन्दै स्थानीय उत्पादनले बजार पाउनुपर्ने र उद्यमीहरुले समेत आफ्नो उत्पादनको गुणस्तरलाई ध्यान दिनुपर्नेमा उपसभामुख मगरको भनाई थियो ।
कार्यक्रममा प्रदेश सरकारका कृषि उद्योग तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले सरकारले दिएका अनुदानमा समेत सहि सदुपयोग नभइरहेको वेला उत्पादनलाई बजारीकरणका लागि महत्वसले आर्थिक स्थितिलाई चलायामान बनाउँनका लागि भुमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्ष चण्डीराज ढकाल लगायातले देशको आर्थिक स्थिति र बैंकको चर्को ब्याजको कारण व्यावसायी पलायान हुनुपरेको तितो यथार्थ प्रस्तुत गर्नुभएको थियो ।

महोत्सवमा हरेक दिन मनोरञ्जनका लागि राष्ट्रिय कलाकारबाट साङ्गितिक र संस्कृतिक कार्यक्रम समेत राखिएको आयोजकले जनाएको छ । महोत्वसवले पूर्वमा सञ्चालित ठूला तथा मझौला उद्योगले समेत यो क्षेत्रको आर्थिक गतिविधिलाई चलायमान बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ ।

सम्बन्धित खबर