कनकाई अनलाईन
झापा – झापाको बिर्तामोड ७ मा रहेको खरेल हाते कागज उद्योगमा लोक्ता पकाउने फलामको भाँडो बिस्फोट हुँदा एक जनाको मृत्यु भएको छ ।
बिर्तामोड नगरपालिका ७ का वडाध्यक्ष कृष्ण अबिरल खरेलले सञ्चालन गर्नुभएको उद्योगमा शुक्रवार दिउसो १ बजेर १० मिनेटमा बिस्फोट भएको हो । बिष्पोटबाट घाईते बन्नुभएका सुन्दासलाई उपचारका लागि मेची प्रादेशिक अस्पतालमा लगिएको र त्यहाँ दिउसो २ बजे सुन्दासको मृत्यु भएको प्रहरीले जनाएको छ ।
लोक्ता भरिएको भाँडोमा आगो बलिरहेको अवस्थामा बिस्फोट हुँदा त्यहिँ काम गर्ने कर्मचारी खोटाङ निवासी १९ बर्षिय सरोज सुन्दासको मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
बिस्फोटबाट खरेलका दाजु लक्ष्मीप्रसाद र श्रीप्रसाद घाइते हुनुभएको र उहाँहरुको बिर्तासिटी अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।