अनुषा चुडाल
बिर्तामोड । बिर्तामोड अन्तरर्नष्ट्रिय औद्योगिक ब्यापार मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । मेलामा लगभग ५० करोड रुपैंयाँ बराबरकमे कारोबार हुने अनुमान गरिएको छ ।
मेलाको स्टलहरुमा कृषि, उद्योग लगायतका क्षेत्रमा आवश्यक पर्ने कृषि औजारहरु पाकिस्तानमा बनेको छालाको ज्याकेट, जुत्तासहित विदेशी उत्पादनहरु समेत रहन्छन् । नेपाली हस्तकलाका सामानहरु, सांस्कृतिक मौलिक पहिचान झल्कने, खाद्य परिकार, भेषभूषा, संस्कृति, पूर्वी पहाडमा उत्पादित कृषि उत्पादन तथा खनिजजन्य सामग्री लगायतका सामग्रीहरु रहने मेला आयोजक सतितिका संयोजक तथा बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले बताउनु भयो ।
आथ्कि मन्दी र चर्को बैंक ब्याज दरले थलिएका व्यवसायीको ब्यवसाय प्रबर्द्धन गर्नै उद्देश्यले मेला आयोजना गरिएको न्यौपानेले बताउनु भयो । मेलामा पुर्बी पहाडी जिल्लामा उत्पादित विभिन्न बस्तु तथा सेवाको प्रबर्द्धनमा सहयोग पुग्नेछ ।
ै झापा, मोरङ, सुनसरी लगायत देशका विभिन्न ठाउँबाट अवलोकनकर्ताहरु आउने हँुदा ब्यवसायिक प्रबर्द्धनका लागि बिज्ञापनको अवसर पनि हो । मेलाबाट ब्यापारी ब्यवसायीले तत्काल मात्रै होइन पछिसम्म लाभ लिन सक्छ्न । यहाँ रहेका साना–ठुला उद्योगका उत्पादनको बजारीकरणमा ठूलो महत्व राख्ने न्यौपानेको भनाइ छ ।
अन्तर्राष्ट्रिय ब्यापार मेलालाई सभ्य र भब्य बनाउनका लागि सरकारसंगै स्थानीय उद्योगी, ब्यापारी, ब्यवसायी साथै विभिन्न सामाजिक संघ–संस्था, सबैसँग छलफल र अन्तरक्रिया गरी महोत्सवलाई सफल बनाउन थुप्रै सुझावहरु प््रप्त भएको संयोजक न्यौपानेले बताउनु भयो ।
मेलामा महिला उद्यमीहरुका उत्पादन, हस्तकलाका सामानका साथै उध्यमीका विभिन्न उत्पादनका स्टलहरु महोत्सवमा रहनेछन कृषि उत्पादन, भाष, साहित्य, कला संस्कृति र बिविध जातीय भेषभूषहरु प्नि स्टलमा प्रदर्शन हुने न्यौपानेले जानकारी दिनुभायो । नेपाली गीत संगीका पारखीहरुकाख्यातीप्राप्त लागि राष्ट्रिय कलाकारहरुको प्रस्तुति पनि १० दिनेमेला अवधिभरी संचालन हुने भएको छ ।
मेलामा सुरक्षको राम्रो प्रबन्ध गरिएको छ । सुरक्षा निकायका प्रमुखहरूले सुरक्षाको पुर्ण प्रत्याभूति हुने वचन दिएको, सगसगै बाणिज्य सङ आफैले पनि केही सुरक्षागार्डको ब्यवस्था गरेको संयोजक न्यौपानेले जानकारी दिनुभयो । हाम्रा स्वयंसेवकहरु पनि खटिनुहुन्छ । मेलास्थललाई २४ सै घण्टा सीसी टिभीको निगरमाीमा राखिनुका साथै मेलास्थलमा सुरक्षाका प्रबिधिको प्रयोग पनि गरिनेछ । राजमार्ग नजिकै मेलास्थल भएकाले यातायात ब्यवस्था गर्न पनि जरुरी छ । त्यसका लागि ट्राफिक प्रहरीसँग छलफल गरिएको छ । मेलास्थलमा पुरै कार्पेटिङ गर्नेहुनाले धुलोको समस्या नहुने उहाँले बताउनु भयो ।
एकसयको टिकट लिएर भित्र पसेपछि त्यहाँ भएका स्टलहरु हेर्न सकिन्छ । सेल्फी जोनमा सेल्फी खिचेको शुल्क लाग्ने छैन । विद्यार्थी तथा अभिभावकका लागि निशुल्क शैक्षिक परामर्श लिन सकिन्छ । सांस्कृतिक नृत्य हेर्न सकिने छ । टिकटको बारेमा कुरा गरिरहँदा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र सामुदायिक तथा नीजि विद्यालयका विद्यार्थीहरुलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।