Kanakai Online

भलिबलको छात्रछात्राको उपाधि बेनुबाजालाई


सोमवार, फागुन १, २०७९ |

कनकाई अनलाईन
प्याब्सन, कनकाई नगर समितिद्वारा आयोजित ३ दिने विविध खेलकुद प्रतियोगिताको आज पुरुस्कार वितरण गर्दै समापन भएको छ । प्याब्सन आबद्ध नगरका १६ संस्थागत विद्यालयहरुका विद्यार्थीहरुको सहभागिता रहेको प्रतियोगितामा फुटबल, भलिबल, टेबल टेनिस तथा क्रिकेट विधाहरुमा प्रतियोगितात्मक खेलकुदहरु संचालन भएका थिए ।


भलिबलमा छात्र तथा छात्रा तर्फका दुवै खेलहरुमा बेनुबाजा अंग्रेजी मा. वि. ले प्रथम स्थान तथा दोस्रोमा छात्र तर्फ विद्योदय अंग्रेजी मा. वि. र छात्रा तर्फ झापा मेरीगोल्ड अंग्रेजी मा. वि. ले स्थान सुरक्षित गर्न सफल भएका छन् । त्यस्तै कनकाई ४ स्थित खेल मैदानमा भएको फुटबल प्रतियोगितामा पशुपति अंग्रेजीमा मा. वि. प्रथम तथा झापा मेरीगोल्ड दोस्रो भएका छन् । यसैगरी टेबल टेनिस तर्फ सिनियर्स तथा जुनियर्स छात्रहरुको सिंगल र डबल्स चारै खेलहरुमा झापा मेरीगोल्ड प्रथम अनि प्यारागन एकाडेमी, ग्लोबल एडुकेयर तथा श्री हरिकुल नमुना मा. वि. ले दोस्रो स्थान हासिल गरेका छन् साथै सिनियर्स डबल्स छात्रा तर्फ ग्लोबल प्रथम तथा दोस्रोमा झापा मेरीगोल्ड, जुनियर्स छात्र तर्फ प्यारागन प्रथम, अरुणोदय मा. वि. दोस्रो, सिनियर्स छात्रा तर्फ माउण्ट अन्नपूर्ण एजुकेसन फाउण्डेसनले प्रथम तथा झापा मेरीगोल्डले दोस्रो स्थान हासिल गरेका छ भने प्रथम हुने सबै खेलाडीहरुले प्याब्सन, झापाको आयोजनामा हुने जिल्ला स्तरीय प्रतियोगिताहरुमा कनकाई नगरपालिकाको तर्फबाट सहभागि हुने कुरा खेलकुद उप–समिति संयोजक तथा झापा मेरीगोल्डका प्रिन्सिपल गोकुल उप्रेतीले जानकारी दिनुभयो । प्रथम र दोस्रो स्थान हासिल गर्ने खेलाडी तथा विद्यालयहरुलाई ट्रफी, मेडल तथा प्रमाण–पत्र प्रदान गरिएको थियो ।


यसै बिच झापा मेरीगोल्डको प्रङ्गणमा आजै भएको औपचारिक कार्यक्रममा प्याब्सन कनकाई नगर समिति अध्यक्ष तथा बेनुबाजा अंग्रेजी मा. वि. का प्रिन्सिपल बिनोद सुब्बा (लिम्बू) को सभापतित्व कनकाई ४ का वडाध्यक्ष रोशन सुबेदी प्रमुख अतिथि, प्याब्सन प्रदेश १ कार्यसमिति सदस्य भानु राजवंशी, कनकाई नगर खेलकुद विकास समिति सदस्य राजु पाठक तथा कनकाई खेलकुद प्रतिष्ठानका अध्यक्ष छवि थपलिया विशेष अतिथि तथा अतिथिहरुमा पत्रकार लिलाराज झापाली, प्याब्सन, कनकाईका सल्लाहकार डि. आर. सुबेदी, प्याब्सन झापा जिल्ला सदस्य सागर ढुङ्गाना, ग्लोबल एडुकेयर एकाडेमीका प्रिन्सिपल बिमान लामा, विद्योदय अंग्रेजी मा. वि. का प्रिन्सिपल बिनोद कुमार उप्रेती, झापा मेरीगोल्डका संचालक समिति सदस्यहरु बेनु उप्रेती तथा भोलानाथ मैनाली रहनुभएको कार्यक्रमको संचालन प्याब्सन, कनकाई नगर समिति सचिब तथा पारिजात शिक्षा निकेतनका संस्थापक÷प्रिन्सिपल मोहन थापाले गर्नु भएको थियो ।

उक्त अवसरमा प्रतियोगिता सफल बनाउन भुमिका खेल्नुहुने निर्णायकहरु क्रमशः गम्भिर बहादुर कटुवाल, लिला बहादुर कटुवाल, अनिस निरौला, प्रवेश गुरुङ्ग, गौरब श्रेष्ठ, सौरब श्रेष्ठ, जानम भण्डारी साथै खेलकुदका लागि स्थान उपलब्ध गराएकोमा कनकाई वाड नं. ४ तथा झापा मेरीगोल्ड अंग्रेजी मा. वि. लाई प्रशंसा–पत्र सहित धन्यवाद व्यक्त गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि रोशन सुबेदीले आफ्नो मनत्व्यका क्रममा प्याब्सनले गरेको खेलकुद प्रतियोगिताका लागि धन्यवाद सहित आगामी दिनहरुमा कनकाई नगरपालिका समेत यस प्रकारका कार्यक्रमहरुमा प्याब्सनलाई सहयोग गर्न सदैव तयार रहेको कुरा व्यक्त गरेका छन् ।

सम्बन्धित खबर