Kanakai Online

सुरुङ्गामा सन्थाली भाषा लिपिको अन्तराष्ट्रिय सम्मेलन सुरु, मुख्यमन्त्री कार्कीद्धारा उदघाटन


शनिवार, माघ २८, २०७९ |

प्रेमबहादुर जिम्बा

प्रदेश सरकारका मुख्यमन्त्री हिक्मककुमार कार्कीले प्रदेश क्षेत्रभित्र बसोवास गर्ने सबै भाषाभाषी र धर्म सस्कृतिको जर्गेना गर्नका लागि प्रदेश सरकारले चाडै प्रदेशमा आदिवाशी संग्राहलय बनाउन लागेको जानकारी दिनुभएको छ ।
शनिवार आज झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गामा आयोजित संन्थाल भाषिहरुको दुई दिवशीय अन्तराष्ट्रिय सेमिनारको उद्घाटन गर्नुहुदै मुख्यमन्त्री कार्कीले आफु अघिल्लो सरकारमा रहदा समेत यस कार्यक्रमलाई अगाडि वडाइसकेको भन्दै केहि प्राविधिक समस्याले गर्दा यस कार्यलाई अगाडि बढाउन नपाएको भन्दै आगामी यसैबर्षको बजेटबाट कामको थालनी हुने समेत बताउँनुभयो । नेपालमा १ लाखको सङ्ख्यामा रहेका सन्थालीभाषीहरुको समस्याका वारेमा सरकार जानकार रहेको भन्दै सन्थाल भाषा सस्कृतिको जर्गेनामा प्रदेश सरकार सदैव तत्पर रहेको बताउँनुभयो ।

सन्थाली भाषिहरु देशका सबैभन्दा पुराना आदीवाशी जनजाति रहेको भन्दै छिमेकी देश भारतमा प्रमुख पदमा समेत सन्थाली नागरिक पुग्नुले यहाँका नेपाली सन्थालीहरुलाई समेत यस्ता पदमा पुग्नका लागि हौसला मिलेको बताउँनुभयो । सन्थाली भाषिहरुको भाषा र लिपिका लागि स्कुल कलेज खोल्न र भाषा लिपिको संरक्षणका लागि प्रदेश सरकार सहयोगका लागि तत्पर छ भन्दै मुख्यमन्त्री कार्कीले प्रदेशका जुनसुक्कै भाषा सस्कृतिको संरक्षणका लागि भुमिका खेल्ने बताउँनुभयो ।
कार्यक्रममा बोल्दै प्रदेश सरकारका कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले सन्थाल भाषा सस्कृतिको संरक्षणमा प्रदेश सरकार लागिपर्ने भन्दै देशको विभिन्न राजनैतिक परिवर्तनको आन्दोलनमा सन्थाल भाषीले महत्वपुर्ण भुमिका खेलेको भन्दै हाल आएर यस जाति राजनैतिक मुल प्रवाहमा छुटिरहेको भन्दै सन्थाली जातिको शिक्षामा राज्यले सहयोग गर्ने बताउँनुभयो । मन्त्री सिटौलाले भारतमा रहेका विभिन्न विश्वविद्यालयमा नेपालका सन्थाली जनतालाई छात्रवृत्तिमा अध्यानको अवशर मिलाईदिनका लागि समेत आग्रह गर्नुभयो ।
यसैविच कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले कुनैपनि जाति धर्मको अन्त्य गराउनु छ भने सो जातिको लिपि र सस्कृतिको अन्त्य गरिदिनसाथ सबै अथित्यको अन्त्य हुने भन्दै कनकाई नगरपालिकामा बोलिचालिमा रहेका १५ भाषाकै सम्बद्धनका लागि पाठ्यक्रममै हरेक भाषाका २५ शब्दलाई समावेश गरेर अध्यान अध्यापन सुरु गरिसकिएको जानकारी दिनुभयो ।
कार्यक्रममा विश्वभर सन्थाल भाषा र लिपिलाई विश्वभर फैलाउनका लागि सुरुङ्गामा सेमिनारको आयोजना गरिएको आयोजक समितिका सचिव कुन्दन मुर्मुले बताउँनुभयो ।
सेमिनारमा समाजसेवी शेरबहादुर थापा, जिविस समन्वय समितिका सदस्य सन्तोस सोरेन लगायातले सेमिनारबाट सन्थाली भाषा सस्कृतिको सम्बद्धन हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
दुई दिनसम्म चल्ने सो सेमिनारमा नेपालका झापा, मोरङ, सुनसरीका साथै भारत र बंगलादेशका अग्रज सन्थाली भाषिहरुको सहभागिता रहेको छ । यस सेमिनारबाट विभिन्न सन्थाली भाषा लिपिका कार्यपत्रहरु प्रस्तुत भएर झापा घोषणापत्र जारी गरिने आयोजक नेपाल सन्थाल आदिवाशी उत्थान संघका अध्यक्ष सुन्दर बेस्राले बताउँनुभयो । यसैविच मुख्यमन्त्री कार्कीले सन्थाल भाषि शिवु मुर्मुद्धारा लिखित दुई कृतिहरु सन्थाली बर्ण लिपि ओल चिकी र पहिलो सन्थाली पत्रिका पुँडबुरुको समेत लोकापर्ण गर्नुभयो ।