Kanakai Online

दुबै हातखुट्टा गुमाएका सुरुङ्गाका उमेशलाई एकता सेवाको ६० हजार सहयोग


शनिवार, वैशाख १९, २०८३ |

कनकाई अनलाईन
झापा कनकाई नगरपालिका ५ बेनुवाजाका २६ बर्षिय युवाको रोजगारीका लागि विदेशमा जादा दुबै हात र खुट्टा गुमाएका उमेश खातीको सहयोगका लागि साउदी अरबमा रहनुबस्नु हुने नेपाली दाजुभाईहरुको समुहले ६० हजार रुपैँया आर्थिक सहयोग पठाएका छन ।
अवुधाविको एक होटलमा क्लीनरका रुपमा कार्यरक्त यी युवा एक महिना पहिले मात्रै रगतमा संक्रमण हुने प्राणघातक रोगका कारण नेपाल फर्कनुपरेको थियो । उनको नेपालको टिचिङ्ग अस्पतालमा २ हप्ता पहिलेमात्रै दुबै हात र खुट्टा काटनुपरेको थियो ।
कमजोर आर्थिक अवस्थामा उमेश खातीको घरमा एक्ला छोरा हुन भने उनकै आम्दामीका भरमा घरमा श्रीमती, १७ महिने छोरी युनिसा, बाबु आमा र हजुरआमा समेतको पाल्नु परेको थियो । उनी हाल दुबै हात खुट्टा गुमाएर घरमै रहिरहेको र उनको हात खुट्टा समेत काटनुपरेको समाचारहरु विभिन्न मिडियामा आएसगै स्वदेश तथा विदेशमा रहनुहुने नेपाली सहयोगी महानुभावहरुबाट सहयोग जुटन थालेको छ ।


यसैक्रममा साउदी अरबमा रहनुहुने सहयोगीदाताहरुले ६० हजार नगद संकलन गरेर नेपालमा पठाउनुभएको छ ।
वैदेशिक रोजगारीका शिलशिलामा साउदी अरबमा रहनुबस्नुहुने नेपाली दाजुभाईहरुको संस्था एकता सेवा सहयोगी समुहबाट दुबै हात खुट्टा गुमाउनुभएका उमेशलाई ६० हजार रुपैँया प्रदान गर्नुभएको हो । सन्तोस घिमिरेको पहलमा साउदी अरबको रियादमा रहेको आईएफआई कम्पनीमा कार्यरक्त कर्मचारी तथा आप्रवाशीहरुद्धारा केहि समयदेखि सञ्चालनमा ल्याउनुभएको एकता सहयोगी समुहका सदस्यहरुसमेतले संकलन गरेर झापाको दुबै हातखुट्टा गुमाएका यी युवा उमेश खातीलाई नगद ६० हजार कनकाई ५ का जनप्रतिनिधि डिल्ली उप्रेती, पत्रकार लीलाराज झापाली लगायातको हातबाट प्रदान गरिएको हो ।
सहयोग प्राप्त गरेपछि दुबै हात गुमाएका उमेश खातीले आफ्ुुपनि धेरै सपना बुनेर विदेशमा गएपनि आफ्ना सबै सपना चकनाचुर भएको भन्दै अहिले औषधि गर्नका लागि विदेशमा रहनुबस्नुहुने दाजुभाई दिदीबहिनीहरुले मद्धत गरिदिएको कारण केही आशा पलाएको बताउँनुभयो । आफुलाई थप सहयोगको जरुरत परेको भन्दै सहयोग गरिदिन सबै स्वदेश विदेशमा रहेका नेपाली दाजुभाई दिदीबैनीहरुमा उमेशले अनुरोध समेत गर्नुभएको छ ।


सहयोग अभियानमा जोडिन र सहयोग गरिदिन सबै समक्ष स्थानीय छिमेकी समेत रहनुभएका झापा कनकाई ४ निवासी हाल कुवेतमा रहनुभएका दिपक बस्नेतले स्वदेश विदेशमा रहनु बस्नुहुने सबै मनकारीहरुमा अनुरोध गर्नुभएको छ ।
सहयोग गर्नका लागि तल दिएको उमेश खातीका पिता टेकबहादुर खाती कामीको नाममा रहेको झापा सुरुङ्गाको कुमारी बैँकमा रहेको खातामा रकम जम्मा गरिदिन समेत सबै समक्ष अनुरोध गरिएको छ ।




सम्बन्धित खबर