कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका सुरुङ्गामा आयोजित चौथो प्रदेश स्तरीय भेट्रान कप फुटबल प्रतियोगिताको उपाधि चारपाने भेट्रानले जितेको छ ।
आईतवार आज सम्पन्न फाईनल खेलमा दुधे भेट्रानलाई १—० गोल अन्तरले पराजित गर्दै चारपानेले उपाधि रक्षा गरेको हो । उपाधिसगै चारपानेले नगद १ लाख ११ हजार रुपैँया प्राप्त गरेको छ । उपबिजयी हुने टिम दुधे भेट्रानले नगद ६७ हजार रुपैँया नगद प्राप्त गरेको छ । प्रतियोगितामा एक मात्रै गोल खेलको पहिलो हाफमा चारपानेका लागि कमल खबासले गर्नुभयो । सोही गोलनै चारपानेका लागि जितका लागि निर्णायक बन्यो ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडी चारपानेका अङकुर खड्की हुनुभयो । यसैगरी म्यान अफ द म्याच कमल खबास, उत्कृष्ट गोल किपर चारपानेकै अमृत गुरुङ, रक्षक सन्तोस बस्नेत हुनुभयो भने हाइस्कोर दुधे भेट्रानका बुद्ध चेम्जोङ हुनुभयो । बिजेता उपबिजेता तथा विधागत बिजेता खेलाडीलाई कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, कनकाई ३ का वडाअध्यक्ष युवराज चम्लगाई लगायातले नगद तथा ट्रफि प्रदान गर्नुभयो ।
कनकाई माविको चौर सुरुङ्गामा आयोजित प्रतियोगितामा प्रदेशभरका १० टिमको सहभागिता रहेको थियो । प्रतियोगिता कनकाई भेट्रान क्लवले प्रतियोगिता आयोजना गरेको थियो ।
ै


