Kanakai Online

कनकाईका जेष्ठ नागरिकलाई आयुर्वेदिक सेवा


बिहिवार, माघ २६, २०७९ |

चन्द्र बस्नेत

कनकाई जेष्ठ नागरिकको लागि स्वस्थ प्रवर्द्धन सेवा कार्यक्रम आज मंगलबार झापाको कनकाई १स्थित जेष्ठ नागरिक भवनमा सम्पन्न भएको छ। कनकाई वडा न १ को आर्थिक सहयोग ,जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भद्रपुर झापाको विशेषज्ञ सहितको प्राविधिक सहयोगमा नागरिक आरोग्य सेवा केन्द्र कनकाई १ को आयोजनामा अविमुखी करण एवम् निःशुल्क आयुर्वेद स्वास्थ्य परिक्षणका साथै औसधि वितरण समेत सञ्चालन गरिएको कनकाई वडा अध्यक्ष सुशील कुमार पोख्रेलले जानकारी दिनुभयो । केन्द्रको बार्षिक कार्यक्रम अन्तरगत झापाको कनकाई नगरपालिका वडा नम्बर १ स्थित जेष्ठ नागरिक भवनमा एक दिवसिय अविमुखी करण एवम् निःशुल्क आयुर्वेद स्वास्थ्य परिक्षणका साथै औसधि वितरण सञ्चालन गरेको हो ।

नागरिक आरोग्य सेवा केन्द्र कनकाई १ को आयोजनामा ९आज० एकदिने निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा १ सय २० बढीले केन्द्रका कबिराज निरिक्षक टेकनाथ अर्यालले जानकारी दिनुभयो ।

अविमुखी करण एवम् निःशुल्क आयुर्वेद स्वास्थ्य परिक्षणका साथै ३ प्रकारका औषधी निःशुल्क बितरण गरिएको कबिराज निरिक्षक अर्यालले बताउनुभयो । जेष्ठ नागरिक सघ कनकाई वडा न १ का सयोजक रिषिकेश खतिवडाको अध्यक्षमा भएको कार्यक्रममा नगर प्रमुख राजेन्द्रकुमार पोख्रेलको प्रमुख आतिथ्यता रहेकोे थियोे ।कनकाई वडा न स१ का वडा अध्यक्ष सुशीलकुमार पोख्रेलले ब्यानर पढी कार्यक्रमको उद्घाटन गरिएको थियोे । केन्द्रका कबिराज निरिक्षक टेकनाथ अर्यालले स्वागत तथा औचित्यमाथी प्रकाश पारेको कार्यक्रममा कनकाई स्वास्थ्य शाखाका प्रमुख खगेन्द्र दङगाल , जेष्ठ नागरिक कनकाईका सयोजक पुन्य प्रसद बारकोटी , नि वर्तमान टोल सयोजक तारा प्रसाद खनाल , लक्ष्मी प्रसाद काफ्ले , राम प्रसाद चापागाईं , डिल्ली प्रसाद भट्टराई , अनिरुद्र ओलि लगायतले सेवाका बारेमा आ(आफ्नो धारणा राख्नु भएको थियोे ।
कार्यक्रम कनकाई १ का वडा सदस्य निर्मला खड्का , हरि कुमार राई , दल बहादुर थापा,संगीता लुवागुन लगायतको उपस्थिति रहेको थियो ।
स्वास्थ्य शिविरमा डा। सुरज पन्तको प्राविधिक सहयोग रहेकोे १ का वडा सदस्य हरिकुमार राईले जानकारी दिनुभयो ।कार्यक्रमको सन्चालन नागरिक आरोग्य सेवा केन्द्र कनकाई नगरकी प्रमुख रञ्जु रिजालले गर्नुभएको थियो।