Kanakai Online

१३ औ राष्ट्रपति रनिङशिल्ड कनकाई माविको पोल्टामा


बिहिवार, माघ २६, २०७९ |

कनकाई अनलाईन
झापाको कनकाईमा भएको विद्यालयस्तरीय १३ औं राष्ट्रपति रनिङशिल्ड खेलाडी छनौट प्रतियोगिताबाट कनकाई माविले प्रथम स्थान हात पारेको छ ।

कनकाई नगर खेलकुद विकास समिती र कनकाई नगर शिक्षा शाखाको आयोजनामा कनकाई माविको खेलमैदानमा भएको राष्ट्रपति रनिङशिल्ड खेलाडी छनौट प्रतियोगिताबाट कनकाई माविले २३ स्वर्ण पदक प्राप्त गर्दै उत्कृष्ट बनेको छ । अब जिल्लाको लागि छनौट प्रतियोगिताबाट उत्कृष्ट भएको कनकाई माविले ७ रजत र १४ कास्य पदक प्राप्त गरेको छ । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले उत्कृष्ट खेलाडीहरुलाई नगदसहित मेडल, ट्रफी र प्रमाण पत्र वितरण गरेका हुन ।

प्रतियोगिताको दोस्रो स्थानमा आदर्श विद्या मन्दिर घैलाडुवा छनौटमा पर्न सफल भएको छ । घैलाडुवाले ७ स्वर्ण, ११ रजत र ६ कास्य पदक प्राप्त गर्न सफल भएको कनकाई नगर खेलकुद विकास समितिका अध्यक्ष जविन तिम्सिनाले जानकारी दिए । त्यस्तै तेस्रो स्थानमा पर्न सफल भृकुटी मावि दुर्गापुरले ३ स्वर्ण, ७ रजत र ३ कास्य पदक प्राप्त गरेको छ । चौथो स्थानमा परेको चम्पापुर माविले ३ स्वर्ण,३ रजत र ६ कास्य पदक प्राप्त गरेको बताइएको छ ।

अन्य विद्यालयहरुमा हिमाली मावि लक्ष्मीपुरले २ स्वर्ण, २ रजत र २ कास्य पदक ल्याउँन सफल भएको बताइएको छ । पशुपति माविले २ स्वर्ण, ३ रजत र २ कास्य पदक प्राप्त गरेको छ । सरस्वती माविले १ स्वर्ण, १ रजत र ५ कास्य पदक जित्न सफल भएको बताइएको छ । त्यस्तै माथिभाराले १ स्वर्ण र कास्य १ पदक प्राप्त गर्न सफल भएको बताइएको छ । त्यस्तै ग्लोबल एडुकेयरले ३ रजत र १ कास्य, दिव्यरत्नले १ रजत र १ कास्य, प्यारागनले २ कास्य, हरिकुलले २ रजत र २ कास्य, देवकोटाले १ रजत र झापा मेरीगोल्डले १ रजत पदक प्राप्त गर्न सफल भएको कनकाई नगर खेलकुद विकास समितीका अध्यक्ष जविन तिम्सिनाले जानकारी दिए ।

कनकाई मावीको खेलमैदानमा यही माघ २३ देखि २५ गते सम्म सन्चालन भएको प्रतियोगितमा विभिन्न ४२ वटा विधा समेटिएको कनकाई नगर खेलकुद विकास समितीका अध्यक्ष तिम्सिनाले जानकारी दिए । अब समूहगत विधा बाहेकका स्वर्णधारी खेलाडीहरुले जिल्लास्तरीय प्रतियोगितामा सहभागीता जनाउँन पाउँने भएका छन् ।

प्रतियोगितामा कबडी , एथलेटिक्स , भलिवल , टेवल टेनिस र मार्सल आर्ट लगायतका विभिन्न विधामा हुने प्रतियोगिता सम्पन्न गर्न आयोजक समितिले विभिन्न बिधागत उपसमिति समेत बनाईएको कनकाई नगर खेलकुद विकास समितिका सदस्य गोविन्द उप्रेतीले जानकारी गराएका छन । जस अन्तर एथलेटिक्सको संयोजनमा लोक प्रसाद ओली , भलिवलको संयोजनमा राजु पाठक , मार्शल आर्टको संयोजनमा राम पाठक , कवड्डीको संयोजनमा खेमराज भट्टराई र टेवल टेनिसको संयोजनमा लिला कटुवालको जिम्मेवारी रहेको थियो ।

प्रतियोगितामा छनौट भएका खेलाडीलाई फागुन ९ देखि ११ गतेसम्म सञ्चालन हुने जिल्ला स्तरिय राष्ट्रपती रनिङशिल्ड छनौट खेलकुद प्रतियोगितामा सहभागी हुन पाउँने व्यवस्था गरिएको छ । जिल्लास्तरीय प्रतियोगिता कनकाई नगर खेलकुद विकास समितिको विषेश पहलमा कनकाईमै आयोजना हुने बताइएको छ ।

सम्बन्धित खबर