Kanakai Online

तीनतलाबाट खसेकी बालिकाको मृत्यु


शनिवार, चैत २१, २०८२ |

कनकाई अनलाईन
आज झापाको बिर्तामोडमा घरको तीन तलामाथिबाट झरेर सख्त घाईते हुनुभएकी एक बालिकाको उपचारका क्रममा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा दमक ४ बस्ने मनोज आचार्यकी छोरी पाँच वर्षीया मानस्वी आचार्य रहनुभएको छ ।

शनिवार बिहान बिर्तामोड–५ बस्ने मञ्जु उप्रेतीको घरमा डेरा गरी बस्ने ताप्लेजुङ फुङलिङ–३ घर भएका हेमसागर भट्टराईकहाँ पाहुना आउनुभएकी वालिका आचार्यको मृत्यु भएको हो ।

भट्टराई परिवार आचार्यको बुढो मामली रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घरको तीन तलामाथि कोठामा खेल्ने क्रममा झ्यालबाट लडेर बालिका घाईते हुनुभएको थियो ।

आचार्यलाई उपचारको लागि बिएन्डसी अस्पताल बिर्तामोडमा भर्ना गरिए पनि उपचारको क्रममा मृत्यु भएको हो । आचार्य बिहान साढे ८ बजे घरबाट झर्नुभएको थियो, उहाँको उपचारका क्रममा विहान १०ः५५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।




सम्बन्धित खबर