कनकाई अनलाईन
पछिल्लो समय युवा पुस्ता र विद्यार्थीहरुमा समेत पठन सस्कृति हराउँदै गएकोप्रति यहाँका सरोकारवालाहरुले चिन्ता प्रकट गरेका छन ।
कनकाई नगरपालिकामा सञ्चालित डिपिएल डाइनामिक पब्लिक लाईब्रेरीको आयोजनामा कनकाईका विभिन्न टोलहरुमा पठन सस्कृति सम्बन्धि घुम्ती शिविर सुरु भएको हो ।
आजै कनकाई नगरपालिका ७ स्थित दुर्गापुर बजारमा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले घुम्ति शिविरको उद्घाटन गर्नुभयो ।
कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुहुदै डिपिएलका पठन समिति संयोजक लक्ष्मी अधिकारीले पछिल्लो पुस्ता मोवाईल र एआई प्रविधिलाई अपनाउदा आफ्नो पठन सस्कृतिमा ह्रास आउन थालेको र चेतनास्तरमै समेत समस्या देखिएको कारण किताबी ज्ञानबाटै शिक्षा लिन मद्धत मिलोस भनेर गाउँ गाउँमा पठन सस्कृतिको विकासका लागि घुम्ती शिविर सहितका सचेतनामुलक कार्यक्रमको अभियान थालिएको बताउँनुभयो । यस अभियान अन्तर्गत कनकाई नगरपालिकाभरका सबै सामुदायिक र सस्थागत विद्यालयहरुमा पठनसस्कृतिका लागि रिर्डस क्लव गठन लगायातका कार्यक्रम रहेको जानकारी दिनुभयो ।
यस अभियान अन्तर्गत रिडर्स क्लवका हरेकजसो बैठकहरुमा हरेक सदस्यले किताब पढने र पढेको पुस्तकका वारेमा के कस्ता कुराहरु किताबमा समावेश रहेको छ भनेर गहन छलफलका कार्यक्रमहरु राखिने समेत संयोजक अधिकारीले जानकारी दिनुभएको थियो । हालसम्म कनकाई नगरपालिकाका केहि विद्यालयमा यसप्रकारको अभियान सुरु गरिसकिएको डिपिएल कनकाईका अध्यक्ष ओमविक्रम नेम्बाङ्गले जानकारी दिनुभयो ।
कार्र्यक्रममा बोल्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकु्मार पोखरेलले डिपिएल जस्ता संस्थाहरुसग नगरपालिका विद्यार्थी र युवा वर्गको चेतनास्तर अभिबृद्धिका लागि हातेमालो गरेर अगाडि बढने बताउँनुभयो ।
कार्यक्रममा शैक्षिक व्याक्तित्वहरु राजेन्द्र सिटौला, अमृत योङहाङ, डिल्लीराम परदेशी, कनकाई नगरपालिका ७ का वडासदस्य निर्मल आङथोपो , अर्बिट कड्रिया, कृष्ण पुरी लगायातले आआफ्नो सुझावहरु राख्नुभएको थियो । डाइनामिक पब्लिक लाईब्रेरी कनकाईका अध्यक्ष ओमविक्रम नेम्बाङ्गको सभापतित्वमा आयोजित कार्यक्रमको सञ्चालन महासचिव रिजन तिम्सिना तथा स्वागत आरुष उप्रेतीले गनर््ुभएको थियो ।


